गजलका बारेमा

गजल एक संक्षिप्त परिचय !!!
- शम्भु सापकोटा: लखनपुर झापा, हालः काभ्रे

उर्दु भाषामा अत्यन्त विकसित साहित्यको श्रव्य बिधा गजलको जननी चाहि अरबी भाषा नै हो । उर्दु भाषामा अत्यन्त विकसित, लोकप्रिय र चर्चित भए पनि बिस्तारै-बिस्तारै यसको प्रभाव हिन्दी र नेपालीजस्ता भाषा साहित्यमा पनि भएको देखिन्छ । संरचनात्मक दृष्टिकोणबाट गजललाई नियाल्दा मुक्तक र लघुकथासंग धेरै नजिक देखिने भए पनि यसमा भावको त्रि्र विन्यास गरिएको हुन्छ । यो संगीत चेतनाका आधारमा गीत एवं बिम्ब-प्रतिक तथा उपमा, रुपक जस्ता अलंकारको प्रयोग र सौर्न्दर्य चेतनाको दृष्टिले पनि कविताको आस्वादन दिने साहित्यको एउटा संरचना हो । गजलले लगभग आठ-नौ सय वर्षो इतिहास बोकेको देखिन्छ । सुरुदेखि बर्तमानसम्म विद्यमान रहेका गजलभित्रका आफ्नै निजी तत्वहरुले यसलाई अरु बिधाबाट स्वतन्त्र अस्तित्व प्रदान गरेको छ । बर्तमान समयमा गजलले बृहत क्षेत्र ओगट्दै गएको देखिन्छ । हुनत गजलको मुल विषयबाद नै प्रेम भएको हुनाले र प्रमिका संगको बार्तालाब अथवा श्रृङ्गारिक अनुभुतिको भाषिक अभिव्यक्ति गजल हो भन्य मान्यता उत्पत्ति कालदेखि नै देखिदै आएको छ । त्यसैले यसले आजसम्म पनि श्रृङ्गारिक धरातललाई लिएरै हिडेको पनि देखिन्छ । तर, पूर्णरुपमा प्राचिन संरचनामा मात्रै गजल सिमित बनेको चाहि छैन । बर्तमानका गजलहरुमा प्रेमपूर्ण बिषय बस्तुले भन्दा ह्रासोन्मुख मानवीय मुल्य, सामाजिक असमानता, राजनैतिक विकृति, अत्याचार, कुरीति, शोषण, दमन, जीवनका निराशा, माटो अनि मुटुका सम्बन्ध तथा यथार्थ धरातलमा रहेर गजलहरुको सिर्जना हुन थालेको पाइन्छ ।

थप जानकारी...


गजलको अनलाइन बहस संवन्धी अवधारणा पत्र !!!
- केशु बिरही: नेपाल गजल प्रतिष्ठान

अरवीक माटोमा जन्मिएर उर्दु, हिन्दी भाषा हुदै भित्रिएको गजल विधाले नेपाली माटोमा आज एउटा लामो काल खण्ड विताइसकेको छ । दसौ शताव्दीमै इरानी अन्धा कवि रौदकीले जन्माएको विस्वास गरिएको यो विधालाई नेपाली माटोमा भित्र्याउने श्रेय भने मोतीराम भट्ट (वि.स.१९२३ –१९५३)लाई जान्छ । मोतीरामले भारतबाट यो विधालाई भित्र्याएको मानिन्छ । यसरी नेपाली मोटोमा भित्रिएर सवा शयको भन्दा लामो काल खण्ड विताइसकेको नेपाली गजलले ठूला ठूला हाँक र चुनौतिका सामना गर्दै आएको छ । लामो समय सम्म सुसुप्त अवस्थामा वसेको यो विधाले तीसको दशक पछि मात्र मौलाउने अवसर पायो । वि. स. २०३६ (जसलाई गजलको आधुनिक काल मानिन्छ) साल पछि भने गजलले व्यापक रुप नै लिन पुग्यो । त्यसमा पनि वि. स.२०४६ साल पछि त झन गजल लेखनको एउटा लहर नै चलेको पाइन्छ । के बुढा के तन्नेरी आज सवै गजल लेख्नमा तम्सिएका पाइन्छन । आफ्नो पनि गजलमा छाप छोड्न वा आफ्नो प्रभावलाई कायमै राख्न हत्तारिरहेका देखिन्छन । यतिसम्म कि हिजो गजल केही होइन । यो कनिष्ट एवम् तुच्छ विधा हो भन्नेहरू पनि आज चोरी चोरीकन भए पनि गजल लेख्न थालेका छन । उनीहरूलाई डर छ कही कतै यो विधामा आफ्नो नाम नआउने पो होकि । कतै आफू पछि परिने पो हा कि भनेर । त्यसैले उनीहरू हत्तारिएका हुन । यो नेपाली गजलका लागि । हामी गजल प्रेमीहरूका लागि सफलताको कुरा पनि हो । यो हाम्रो लागि खुसीको कुरा पनि हो । अझ भन्दा यसलाई एउटा जीतको कुरा हो भन्दन अत्युक्ति नहोला ।

थप जानकारी...