बुलबुल अभिलेखालय

चैत्र २५, २०६६ (April 7, 2010)

नयाँ गजलको साथमा गजलमय बुलबुल !!!

Listen Program

गर्मीको समय छ जताकतै गर्मि बढ्दो छ । आजको साँझ मेरा उत्पादन सहयोगी मित्र दिनेश निरौला र म दुई सल्लाह गरेर आएका छौ, हामि आज बढी गजलमय बुलबुल बनाउने तरखरमा छौ । र आज हामीले सकभर बुलबुलमा अघि बजेका गजलहरू नबजाउने, नयाँ गजलहरूलाई नै प्रसयता दिने हाम्रो अभियान रहेको छ ।

चैत्र १८, २०६६ (March 31, 2010)

बुलबुलमा नबजेका केहि गजलहरु !!!

Listen Program

प्रचण्ड गर्मि बढ्दो क्रममा छ । आलश्यताले मन क्लान्त छ । यस्तोमा विचारहरू आइरहन्छन गैरहन्छन । हामि समय संग लाप्पा खेलिरहन्छौ, जिन्दगी संग लाप्पा खेलिरहन्छौ । जीवनबाट कहिले पनि उन्मुक्ति मिलिरहेको हुँदैन । जहिले पनि वियोगका प्रसंगहरू वियोगका गजलहरू बुलबुलमा सुन्नकालागि बुलबुलियन लालायित हुनुहुन्छ । बुलबुलमा यो भन्दा अघि नबजेको गजल आज पहिलोपटक राख्दैछु ।

चैत्र ११, २०६६ (March 24, 2010)

अनुरोध, समर्पण र गजल !!!

Listen Program

सुरुवात कहाँबाट गरौ बुलबुल, बर्षौ पछी तिमीलाई पत्राचार गर्दैछु । केहि समय तिमि मबाट टाढा भयौ अनि मेरै वरपर भएरपनि केहि पलको लागि तिमीबाट म टाढा । बाध्यता पनि कस्तो कस्तो कुनै दिन चाहेर म तिमीलाई मनको बह पोख्ने साथि बनाउथे तर आज थाहा छैन दुनिया देखेर आएकी तिम्री यो पुरानो सखिले आज समयको अन्तराल पछी तिम्रो साथ रहने मौका पाउछे या पाउदिन ? बिचित्रको रहेछ बुलबुल यो संसार जसलाई आफ्नो भन्यो तो त पल भरमै पराइ भइदिने अनि जसलाई बेवास्ता गर्यो त्यो मनको हितैसी भइदिने । उमेरको परिपक्वता अनि तिमि संगको बिछोडमा यति बुझेछु, हुनत यो नौ रंगी दुनियामा हजार रंगका मन भएका प्राणी बाँच्दा रहेछन, कोहि असिम प्रित बोकेर, कोहि घाऊ लिएर, कोहि लुटिएर, कोहि लुटको लागि । थाहा छैन तिमि कसको के परिबन्धमा परेर टाढा भयौ म त हजारौ को भिडमा एक्लीयर पो हराएछु । भन्छेउ होला त्यो भिडमा कसलाई खोज्न गयौ सखी ? म आफैलाई खोज्दै थिए तेहा । एक्लो पन बाट टाढा रहने आफ्नोपन बाट खोज्दै थिए । तर म स्वयं हराए भेट्ने चाहनामा । बडो कस्टले मैले आफुलाई फेरी त भेट्टाए तर पहिले भन्दा झनै एक्लो झनै रित्तो । तर पनि म खुसि छु किनकि जब म आफै भेटिए रित्तो रुपमा मुस्काएर प्रतिक्षा गरिरहेझै देखि तिमीलाई मेरो मनको अन्तरद्वारमा । सोचे तिमि केहि अपेक्षा गरिरहेकी छौ मबाट शायद उही उस्तै प्रित छल्किएका गजलहरु उपहार स्वरूप । कसरि सक्छु र तिम्रो त्यो चाहनालाई त्यसै छाड्न । त्यसैले बडो कस्ट गर्दै तिमीलाई उपहार सिर्जना गर्न तत्पर रहे यी दिनहरुमा । बुलबुल एक्लो लाग्दैन अब आफु सोच्छु तिमि त छौ नि मेरो बह सुन्न हरपल मेरो साथ । आशा गर्छु तिम्रो अटुट साथको सदा सदालाई ।

चैत्र ०४, २०६६ (March 17, 2010)

सुख दु:ख बाडौ, हाँसौ र हसाऔ !!!

Listen Program

कुनै बेला बाढी आयो, भेलहरू आए कतिलाई बगाए लेखाजोखा छैन । पैह्रो गयो बस्तीहरू बग्यो हजारौ पशुपंक्षी मरे गिन्ती छैन । यो संसार बिचित्रको छ, त्यहाँ बास छैन गास छैन कपास पनि छैन । तात्कालिन राजा बिरेन्द्रले कुनैबेला बोलेका थिए , "जनतालाई गास, बास, कपास र सामाजिक सुरक्षाको खाँचो छ ।" आधारभूत आबश्यकतामा सामाजिक सुरक्षा किन राखेका होलान बिरेन्द्रले ? त्यतिबेला मान्छेले त्यतिमात्र सोंचे । पछि जब १० बर्षको द्वन्द्व चल्यो एउटा घरको मान्छेलाई अर्को घरको मान्छेसंग पत्यार हुन छोड्यो । कम्ब्याट लगाउने आर्मी, माओबादी, सर्बसाधारण सबै संग डर लाग्न थाल्यो । गाउँका मान्छे शहर जाँदा, शहरका मान्छे गाउँ आउँदा प्रत्येक प्रत्येक ठाउँमा प्रत्येक प्रत्येक संग डर बस्यो । सामाजिक प्राणी मान्छे सामाजिक सुरक्षाको खाँचो संगै बाँच्न थाल्यो । निर्धक्क बाँच्न नपाउनु पनि आधारभूत आबश्यकताको कमि हो हाम्रा लागि, त्यसपछि महसुस भयो ।
कुनै राजमार्गको छेउमा कुनै चोक देखि अर्को चोक सम्मको बाटो पिच होला विकास भयो त्यहाँकालागि । देशका धेरै हाइ स्कुलहरू +२ भए Higher Secondary भए, विकास भयो त्यहाँकालागि । लुम्बिनीमा अन्तरराष्ट्रिय बिमान स्थल बन्ला अथवा अन्य कुनै ठाउँमा अन्तरराष्ट्रिय बिमान स्थल बन्ला विकास हुनेछ हाम्रालागि । तर अमेरिकामा बाटो बन्दा केको विकास होला ? जापानमा बिजुली बाल्ने पावर हाउस बन्दा केको विकास ? चीनमा मोटर कम्पनी खुल्दा केको विकास ? हाम्रा गाउँ घरमा कुनै प्रोजेक्टले एक एक ओटा चर्पी मात्र बनाइदिदा पनि क्रान्तिकारी परिवर्तन आउछ । त्यहिँ हो उन्नति, प्रगति र विकास हम्रालागी ।
ठाउँ अनुसार बिकासको परिभाषा फरक छ । शान्तिको परिभाषा फरक छ । equity को परिभाषा फरक छ । बाँच र बाँच्न देउ, हाम्रालागी त अहिले यति प्रयाप्त छ । हामि सामाजिक प्राणी हौँ हामीलाई मात्र खाँचो छ सामाजिक सुरक्षाको । अलिकति खुसि अलिकति सुख, टाउको ओताउने छत र पेट भर्ने खाना, त्यो नै हाम्रो आबश्यकता हो । गाई नांगै छ उ नांगै मा श्लील छ । उसलाई कपडा लगायोभने अश्लिल देखिन्छ । हामि कपडा लगाउँछौ हामि त्यसैमा श्लील देखिन्छौ । हामीले कपडा लगाउन पाएनौ भने अश्लिल देखिन्छौ । त्यसैले एक धरो शरीर ढाक्ने कपडा हाम्रो आबश्यकता हो त्यति देउ । हामि साराले सारा संग यहि कुरा मागौ, यहि कुरा बढौ । दु:ख सुख आइरहन्छन गइरहन्छन, मानिसको चोला फेरी फेरी आउदैन तिनै सुख दु:ख बाडौ बाडौ, हाँसौ र हसाऔ । यहि संदेश आजको बुलबुलले दिन्छ ।