श्रोताका पत्र
-हरि मानन्धर "विवश"
क्याक्मी ९, स्याङ्ग्जा (हाल इजरायल)
आदर्णीय सञ्चालक ज्यू,
नमस्कार
सर्वप्रथम त बुलबुल कार्यक्रमका लागि धन्यवाद । म आजभोलि यस कार्यक्रमको नियमित श्रोता भएको छु । इजरायलको गर्मीमा हप्ताको एकदिन गजल सँगै बुलबुलको सिरोटोमा रमाउने गर्दछु । गजल लेखाइ शुरू गर्दा देखि नै मैले बुलबुल वेवपेज हेर्न र कार्यक्रम सुन्न शुरू गरेको थिए । अहिले आएर आफ्ना गजलहरू पनि प्रसारण गराउन पाए राम्रै हुन्थ्यो भन्थानेर मेरो एक गजल पठाएको छु । मेरो गजल मेरी उनै बुलबुल जस्ले मलाइ बीच बाटो मै छाडेर गएकि थिइन लाइ डेडिकेट गर्न चहान्छु ।
एक्लै सागर तर्छु भन्यौ, मरे अन्तै मर्छु भन्यौ
अब देखि आफ्नो शुर, आफै अन्तै गर्छु भन्यौ ।
मत अवाक् जिल्ल पर्दै, तिम्रो सहास हेरि रहेँ
मन मिल्ने अर्कै खोजी, बसाई अन्तै सर्छु भन्यौ ।
मेरो मनको ढोका सधैँ बन्द गर्ने तिम्रो रहर
र त अर्को बास्ना दिने, फूल अन्तै छर्छु भन्यौ ।
मेरो मनको रंग तिमीले, सके सरी देखे पछि
चमक दिने बस्तु सँगै, रंग अन्तै भर्छु भन्यौ ।
निर्दयी पो हुँदो रैछ, निर्मोहिको मनै पनि
बीच बाटोमै छाडि मलाई, जालमा अन्तै पर्छु भन्यौ ।
धन्यवाद ।
-बबिन वियोगी
निघुरदीन २ ताप्लेजुंग
नयाँ बिहान उदाउने घाम लिइ आउछु आमा
दुनियाँले पुकार गर्ने नाम लिइ आउछु आमा
कोमल तिम्रो मन रुवाइ आशु कती झार्यौ होला
आसु पुछी बहार छर्ने याम लिइ आउछु आमा
पत्थरको निर्जिब मुर्ती छोडिदेउ है पुज्न अब
बिपत्तिमा रक्षक बन्ने राम लिइ आउछु आमा
पाइन्न रैछ फर्कनलाई यहाँ बाट चाडो गरी
ढिलै भएनी पसिनको दाम लिइ आउछु आमा
मेरो खबर सुन्नलाई कती धेरै आतुर हौली
सु- समाचार भरिएको खाम लिइ आउछु आमा
नयाँ बिहान उदाउने घाम लिइ आउछु आमा
दुनियाँले पुकार गर्ने नाम लिइ आउछु आमा
वविन "वियोगी"
निघुरादिन -२ ताप्लेजुङ्
हाल- दोहा कतार
-बबिन "वियोगी"
विर्तामोड झापा, हाल दोहा कतार
मातृभूमि अनि आमालाई छोडेर जब म यो मरुभूमिमा पाइला टेके तब आँखाबाट आशु बर्सिए अनि मन थाम्न सकिन कुनामा बसेर मैले मेरो देश र मेरी आमालाई सम्झदै मैले यहि गजल लेखे आज यहि गजल मेरी आमा अनि मेरो देशलाई यो बुलबुल मार्फत सुनाउन चाहन्छु
-कृष्ण के श्रेष्ठ "काल्स"
भिमेश्वोर ३ दोलखा नेपाल हाल योकोहामा जापान
मै संगपो बिहे गर्छु भन्छे किन होला
हैन भने झुन्डेर मर्छु भन्छे किन होला
नभएनी यो आगनीमा प्रेमरुपी दुबोहरु
रमाईरमाई वरिपरी चर्छु भन्छे किन होला
अप्सरा सुहाउन्न म संग भन्दा पनि
मेरै मनमा डेरा सर्छु भन्छे किन होला
माया यो भेल हो बगाएर लग्ला भनि
सम्झाउँदानी एकलै तर्छु भन्छे किन होला
जेगरेनी उनीलाई ज्याइकुटी नपारेमा
अपहरण गरेरनी हर्छु भन्छे किन होला









फेरिदै छ अचेल मान्छेको विचार
भुलेर इज्जत समाज र संकार .
महान हुन् खोज्दा मेटेर अस्तित्व
जिउदै छ अझ बनेर लाचार
धरापमा हुदा राष्ट्रको कानुन
मेटिने हो कि जिउने आधार
सबै छन् पीडित आफ्नै मनसँग
को गर्न सक्छ दु:खीको उद्दार
'निष्कर्ष' के छ जीवनको पाटोमा
खोज्दैमा तर भुल्दिन संसार
निशान निष्कर्ष
पन्द्रुंग १ गोर्खा