श्रोताका पत्र


-यश लामा
–निजगढ–१,बारा हाल ः हेटौडा, मकवानपुर

गजल
–यश लामा

यस्तै केही सुन्दैछु, च्याङ्ग्रो मूर्दवाद ।
उल्टो गुड्ने सरकारको पाङ्ग्रो मूर्दवाद ।

आन्दोलनमा सुरक्षाकर्मी यसरी उफ्रिए
बलढयाङ्ग्रो–मूर्दवाद मट्याङ्ग्रो मूर्दवाद ।

छिमेकीले दिनदिनै सीमा मिच्यो भन्दै
जूनकीरी गाउँदैथ्यो, फट्याङ्ग्रो मूर्दवाद ।

जो–जो बसे ती नाच्दैँ बसे त्यो कुर्सीमा
ताण्डब नृत्य नचाउने ढया्ङ्ग्रो मूर्दवाद ।

महिला मुक्ति मोर्चामा प्रेमिका भन्दै थिईन्
जैविक भाषा नजान्ने गोज्याङ्ग्रो मूर्दवाद ।

–निजगढ–१,बारा
हाल ः हेटौडा, मकवानपुर



-श्याम श्रेष्ठ 'अनुराग'
धादिंग (हाल-किर्तिपुर))

देउरालीमा कालीलाई, पर्खनुको मजा बेग्लै
भेटेपछि रिसाएझैँ , तर्कनुको मजा बेग्लै

रिसाएझैँ गरेपछि, फकाउछे सुम्सुम्याउदै
अझ धेरै रिसाएझैँ , झर्कनुको मजा बेग्लै

रिसाएझैँ कति गर्नु, संगै बस्ने रहर दुइको
जिस्क्याऊँदै उसलाई पानी, छर्कनुको मजा बेग्लै

अरुसंग देख्न हुन्न रिसाएर पागल हुन्छे
देखाई- देखाई उसलाई ,कर्कनुको मजा बेग्लै

पर भाग्छे समाउन ,खोज्दा उसलाई अंगालोमा
फकाई -फकाई उसको काखमा,लर्कनुको मजा बेग्लै

सारै राम्रो देखिन्छे उ ,बर्षातमा रुझ्दाखेरि
उसकै लागि दर्के झरी, दर्कनुको मजा बेग्लै

छाड्ने कुरा गरें भने,-'नजाउ राजा ' भन्छे मलाई
छाडे जस्तो गरि फेरी ,फर्कनुको मजा बेग्लै


-श्यामकुमार श्रेष्ठ
धादिंग.( हाल - क्रितिपुर)

सेता दारी , गाला चाउरी ,तन्नेरिनै नठान भो
जोश जाँगर छैन ज्यानमा ,अंगालोमै नबान भो


बुढेस कालको कस्तो सृस्टी , आँखामा छैन दृष्टि
लुकिचोरी झ्यालबाट ,नजर तीर नहाना भो


भजन किर्तन भगवानको, सांसारिक मोह छोडी
छोड जिद्दी , जाऊ पर , डिस्को तिर नतान भो


मेरै लागि मन्दिर तिमी, जान छोड आजै देखि
बगैंचामा मेरै लागि ,रातो गुलाब नछान भो


-DURGA PRASAD BASHYAL
BARANGDI 3 KAILASHNAGAR PALPA NEPAL NOW U.A.E.ALKUZ

दुर्गा प्रसाद बस्याल अमन
पाल्पा बराङ्गदी 3अर्चले कैलाशनगर पाल्पा
हाल:U.A.E अलकुज

नमस्कार अच्युत दाजु म यो कार्यक्रमको नियमित श्रोता हुँ।असाध्यै मन परेको हुँदा डाउनलोड गरेर सुन्ने गरेको छु।किनकी नेपाल पारी यो सुन्ऩ अलि गार्हो छ।यो कार्यक्रममा रात्रि गन्थन र नेपाली गजल लाई अलि बढी प्राथमिकता दिनुपर्यो।


जङ्घारमा एक्लै मलाई छोडी गयौ किन?
सँगै जिउने बाचा कसम तोडी गयौ किन?
हृदयको कुनाभित्र,तिम्रै माया मौलाउदैथ्यो
फूल्नै नदिई कोपिलामै गोडी गयौ किन?
हिँजो अस्ति तानसेनमा, भेट हुँदा खेरी
देखेर नि नदेखेझैँ शिर मोडी गयौ किन?
चोखो हाम्रो संबन्धलाई, धमिलो पारेर
पराई सँग नाता जोडी गयौ किन?
मेरो राजा मेरो मुटु,भन्ऩे गर्थ्यौ मलाई
फेरी आज त्यै हृदय फोडी गयौ किन?
12:28am, Sat 28-01-2012


-बसन्त कुवँर
शान्तिबजार रुपन्देही

सपनिमा आउनु तिमी मनको ढोका खोलिदिउँला झस्काएर नबिउझाउनु सपनिमै बोलिदिउला
निदारमै चुमिदिनु मिठा मिठा बात गर्दै
आज यति भए पुग्छ बाकी कुरा भोलि दिउला
तिमी मेरो म तिम्रो यति भए पुग्छ मलाई
खालि हात आए पनि चोखो मनको झोलि दिउला