श्रोताका पत्र


-"ध्रुब"मणि खनाल
सुनवल,नेपाल

पोखिने जवानी लुकाएर राख ।।
त्यो झरी र पानी लुकाएर राख ।।

जे जती बिरायौ अतीतै छ आज
लेखिने कहानि लुकाएर राख।।

के गरे बिराएं यि सोच्दै नसोच
जे भयो ति हानी लुकाएर राख।।

यो छिनेर लाने कोहि छैन् अचेल
खोपिने ति खानी लुकाएर राख।।

२०६८-४-१२
"ध्रुब"मणि खनाल
सुनवल,नेपाल


-गोवीन्द बानीयाँ म्याग्देली
पुलाचौर ७ म्याग्दी हाल काठमाडौ ।

मलाई माया गर्नेले त एउटा शर्त मान्नु पर्छ
बालबच्चा घर परिवार सबै उसले धान्नु पर्छ

कोदो फल्ने कोदोबारी धान फल्ने खेतबारी
हिउद होस् या वर्षात् गोडमेल गर्न जान्नु पर्छ

मेरो त के ठेगाना छ र ? कहिले कता कहिले कता
गाउ समाज आफन्तलाई सद्भावले बान्नु पर्छ

जति दिन घट्दै जान्छन उति उमेर बढ्दै जाने
देवता समान आमाबाबु दुवैको मन तान्नु पर्छ

कहिले रिसोर्ट, कहिले प्यालेस नभनेर मलाई
स्वाभिमान आत्मसम्मान जुराएर बाच्नु पर्छ


-पवन
हाल उक्रेन (खर्किव)

छोरा बिदेशिदा आमा मेरी रुन्छिन होला
जन्म दिएको पीडा सम्झेकी हुन्छिन होला

सहनशिलाताकी प्रतिमूर्ति बनेपनि
पीडा लुकाउने अर्कै बाटो चुन्छिन होला

गहिराइमा डुब्दै सामिप्यमा हराउदा
छोराको यादगरी सपना बुन्छिन होला

खसालेर आखाबाट आसुका धाराहरु
हेर्दै तस्बिरमा रुदै गरि छुन्छिन होला

नसक्दा भुल्न बितेका ति समयहरु
झारी आसु अनुहारलाई धुन्छिन होला

छोरा बिदेशिदा आमा मेरी रुन्छिन होला
जन्म दिएको पीडा सम्झेकी हुन्छिन होला


-पवन तिवारी
हाल युक्रेन (खर्किव)

दिदी आऊ, बहिनी आऊ , दाजुलाइ शुभ-कामना.....
आमा बुबा , काका काकी साथीलाई शुभ-कामना....

सुन - सुन एउटा कुरा, पुरानो साला त गैहाल्यो
सबै मिलि स्वागत गरौ, नया साललाई शुभ-कामना

बिहानी नै बेग्लै हुन्छ , नया साल को सुनेको छु
नडराई आगी बढ्ने तिम्रा, पाइलालाई शुभ-कामना......

स्वस्थ संगै ब्यस्त रहनु, नया सालको सालै भरि
कहिल्यै पिर नपरोस, तिम्रा, सफलतालाई शुभ-कामना

नया-नया सपनाहरु , नया सालका खुशी नया
तिम्रा घर भित्रिने सबै , भावनालाई शुभ-कामना

खुशी रहोस तिम्रो जीवन , दुख पिडा भागोस टाढा
सगरमाथा शिखर चुम्ने तिम्रा, चाहनालाई शुभ-कामना

दिदी आऊ, बहिनी आऊ , दाजुलाइ शुभ-कामना
आमा बुबा , काका काकी साथीलाई शुभ-कामना .................


-पवन तिवारी
हाल युक्रेन (खर्किव)

भाग्य भयो अभाग्य कस्लाई दोष दिनु
यो मन दुख्यो बेसरी कस्लाई दोष दिनु

गलत हो या सहि ठम्याउनै गाह्रो भयो
हरपल परे दोधारमा कस्लाई दोष दिनु

गुलाब को के गल्ति ? जब बोटनै सुक्छ
गल्ति मेरा अनेकौ कस्लाई दोष दिनु

दैब नै बिरोधमा छन् जस्तो लागने गरेर
बढ्दैछ मेरो अविस्वास कस्लाई दोष दिनु

गन्तब्यहिन दौडमा, हार्यो यो तिवारी
सवैलाई यहाँ हतार कस्लाई दोष दिनु