श्रोताका पत्र


-पवन तिवारी
हाल खर्किव (युक्रेन )

पागल भनि गाली गर्ने जालीको के भर
घर छोडी पराई जाने सालीको के भर

सबैले भन्छन तिम्रो जीवन, बेकार छ
बेकार भनि डाली छोड्ने मालीको के भर

गलत हो या सहि, ठम्याउनै गाह्रो हुन्छ
ठम्याउनै नसक्ने खेत बारीको के भर

पागलको के गल्ति, जब दिमाग नै छैन
दिमागी भनि डुली रहने काजिको के भर

दैब नै बिरोधी छन् पागलको जीवनमा,
बिरोधी बनी गोदी हिड्ने बलशालीको के भर

पवन तिवारी हाल खर्किव (युक्रेन)२०१३/०१/१९


-मोहन बिहानी
भक्तिपुर सात सर्लाही

अच्युत सर

नमस्कार

नेपाली गजलको सर्बाधिक लोकप्रीय कार्यक्रम बुलबुलमा
अच्युत सरको सुमधुर आवाजमा आफ्नो गजल बाचन गरेको
सुन्ने लोभ नयाँ पुराना सबै बुलबुलियनलाई हुन्छ जस्तो लाग्छ मलाई।
यही रहर पुरा गर्न मलाई नि मेरो गजल बुलबुलमा पठाउन सारै मन लागेर आयो ।
मैले लेखेको गजल बुलबुलमा बाचन भयो भने
मात्रै यो गजलको बारेमा केही सिकेछु भन्ने लाग्ने छ मलाई।
तेसो त गजल को बारेमा कोहि सङ्ग सिक्ने मौका पाएको छैन।
रेडियोमा गजल सुनेर र फेसबुकमा हेरेर लेख्न सुरु गरेको हु।
साथीहरुले फेसबुक प्रकाशित मेरा गजलहरुमा गर्नु भएको
टिप्पणीहरु सुझाब हेरेर बुलबुलमा पठाउदा पक्कै बाचन हुने छ
भन्ने आशाका साथ यो गजल हजुर सामुन्ने प्रस्तुत गरेको छु।

मोहन बिहानी
भक्तिपुर सात सर्लाही

गजल
-----------------------------------------------
नजुधाई आखाँ तरेको पो राम्रो
लुकिछिपी माया गरेको पो राम्रो।

दु:खमा त भिजेकै हो नि परेली
खुशीमा हर्षासु झरेको पो राम्रो।

बसौ ए हजुर आउनुस भन्दा,
नाई भन्दै वर सरेको पो राम्रो।

रिसाउँदा राम्रो लाग्छ मलाई त
हाँस्दा डिम्पल परेको पो राम्रो।

मायामा बदनाम हुनै परेसी,
बिहानी कै साथ मरेको पो राम्रो।
copyright @मोहन बिहानी
भक्तिपुर सात सर्लाही
२०६९-०८-२४ आईतवार
www.mohanbihani.blogspot.com


-kapil gyawali
बुटवल १४ रुपन्देही

कपिल ज्ञवाली जिज्ञासु
गजलगृह,बुटवल १४, रुपन्देही

तिमी रुदा आंशु यंहा, झरेको छ सानु
पर्नु पिर आजभोलि, परेको छ सानु

समय नै यस्तै होकी बाध्यता तिम्रो
पिडाहुदा माया अचेल, मरेको छ सानु

सधैभरी खुसी खोज्दा जीवन बिती गयो
,सरेको छ सानु

गजल
कपिल ज्ञवाली जिज्ञासु

हिरामोति छाडी अब , माटो रोज्न थालें
दुनिंयालाई बिझाउने , आटो रोज्न थालें

महल भो गगन चुम्बि , चाहिदैन कैलेपनि
जिउन यो जिन्दगीलाई , साटो रोज्न थालें

अपराजित यात्रा यहा , पराजित बनेपछि
जिन्दगीको अन्त्य गर्ने , बाटो रोज्न थालें

असंख्य छन् पिडाहरु खै ,कसोरी पोखु मैले
बोल्नु भन्दा नबोल्ने त्यहिं , लाटो रोज्न थालें

सहयोगि आत्माहरु ,बिलाउदा गगनमा
निराश भै कपिलले , फाटो रोज्न थालें


गजलगृह बुटवल १४,नयागाउ
पउनिथबधबष्घि२नmबष्।िअयm





गजल
कपिल ज्ञवाली जिज्ञासु

शहर पापी हो कि मान्छे ,पापी हुन्छन् शहरमा
आफ्नै दाहिने हातपनि ,घाती हुन्छन् शहरमा

गास चुड्यो गरीबी र हामी सोझा हुदांखेरी
हरामी र अगतिला ,जाती हुन्छन् शहरमा

प्रकृति र मिलानमा द्धिबिधा यो हुन्छ जब
मिठो मुख तर तिते ,पाती हुन्छन् शहरमा


ब्यर्थैं हुन्छन् जीवनहरु, देखासिकी गर्ने हुदां
सफा ज्यान हुनेहरु ,काती हुन्छन् शहरमा

मनखुसी नहुने भो जुगै भरी औंशि संगै
मध्य दिननी हाम्रा लागि ,राती हुन्छन् शहरमा

गजलगृह ,बुटवल १४ ,रुपन्देही
पउनिथबधबष्घि२नmबष्।िअयm


-विश्वजित भट्टराई
भिमढुंगा ७ काठमान्डौ

जीवन दौडीरहेछ दोधारमा
पातजस्तै नदीको मझधारमा

अताल्लिएको थ्यो जिन्दगि
डोराएं तिम्रै आधारमा

दुइ दिन न हो बाच्ने
आशा तिम्रो सरोकारमा

पाएर गुमाउनु भन्दा
मजा छ असिमित हारमा
जीवन दौडीरहेछ.....


-भिम बहादुर फडेरा ( बि पी अपरिचित)
सर्किदेव -१ रिप हुम्ला

धेर थोर गल्ति भाको लाग्दैन
डर त यहाँ बाको लाग्दैन
कलि युगमा कालै हुनु पर्ने
रक्सि अनि त्यो बोतल समाको लाग्दैन

भनेनी मेरी आमा खित्का छोड्दै रुन्छिन
ति चित्कारले कानमा ड्रम बजाको लाग्दैन

बुद्ध चोरेर मुर्ति बेच्दै छन् रे आजभोली
भो तेस्तालाई सम्झाको लाग्दैन

के लेख्नु गजल बुझ्ने को छ र
सुन्नेहरुलाई सब्दमा रमाको लाग्दैन