श्रोताका पत्र


-bhim bahadur phadera
हुम्ला sarkidev -1 रिप

तरबार भेटियो धार भेटियन रे
जन्ताकै लागि सरकार भेटियन रे
मरेको लास हेर्दै अजम्बरी बनाउछु भन्दै थिय भगवान
उसको त भाग्य निधार भेटियाना रे

अदालतमा नाफा घाटाको बहस चल्दै थियो
उनीहरुको त कौडीको ब्यापार भेटियन रे

अंश बन्दकै खिचातानी भाई भाई गर्दै थिय
मरेका बाको लास उठाउने हतार भेटि यन रे

भगवानको नाममा ब्यपायर हो रे यो सबै
खासमा त यस मन्दिरको मतियार भेटियन रे


-"dhurba" mani khanal
devdaha ,khaireni

प्रहरमा गजल गाउ सजल हुन्छ जिन्दगी । ।
बहरमा सजल पाउ गजल हुन्छ जिन्दगी । ।

नहरको नजर हुन्छ नजर बन्द कां छ खै
शहरमा असल लाउ सरल हुन्छ जिन्दगी । ।

बगरले ठहर गर्छ अचल कां छ निर्मला
डहरमा त जल आउ फसल हुन्छ जिन्दगी । ।

अमरको रहर त्याग अमर को छ धर्तिमा
असरमा सबल खाउ तरल हुन्छ जिन्दगी ।।

अधरको सरलता त नजरले नि देख्छ है
ठहरमा अटल छाउ सफल हुन्छ जिन्दगी । ।


-dhurbamani khanal
devdaha ,khaireni

प्रेमको इलेक्त्रोम र न्युत्रोन टुक्राउदैछु म । ।
पर्ख अब नयाँ ग्यास् बनाउदैछु म । ।

कसैलाई पीडा नहोस्,आशु नझरोस् भन्दै
एउटा अन्तररास्ट्रीय नीती अपनाउदैछु म । ।

रुनु पर्दैन त्यसपछि आशु झर्दैन त्यसपछि
रोक एक्छिन पछि एउटा लास् अन्माउदैछु म । ।

ए उ उक्सियो मैले उक्साउदैमा आज
त्यसैले त गफै पिच्छे बहकाउदैछु म । ।


-dhurbamani khanal
devdaha ,khaireni

सबैको छ मनमा डर ,आउँदैछ २१ डिशेम्बर । ।
कसलाई गर्नु के नै कर ,आउँदैछ २१ डिसेम्बर । ।

गल्ती गरे माफि माग ,मनमुटाब आझै त्याग
पछुताउला जुनि भर ,आउँदैछ २१ डिसेम्बर । ।

त्याग लोभ लालसालाइ,अनी गर भलो सबको
घट्ला केही पाप्को दर ,आउँदैछ २१ डिसेम्बर । ।

बाच्दैनन तिमी नै मर्दा ,कोही बाच्न खोज्नेहरु
ध्वस्त हुन्छ चराचर ,आउँदैछ २१ डिसेम्बर ।।


-"dhurba" mani khanal
devdaha ,khaireni

सोचेको थें एउटा मन्दिर बनाउछु । ।
भगवानलाई बाध्ने जन्जिर बनाउछु । ।

भाग्यलाई आफ्नै पोल्टोमा पारी
स्वयमले आफ्नै तक्दिर बनाउछु । ।

समय संगै हिड्दै भुलाउदै त्यसलाई
काललाई नै मेरो मुद्धिर बनाउछु । ।

दुनियाँ बाचुन या मरुन मलाई के
जे जे सक्छु आफ्नै खातिर बनाउछु । ।