श्रोताका पत्र


-आशिष खनिया
नयबज़र काल्धरा काठमाडौँ

माया गर्छु भन्दा खेरि तर्किएर गयौ तिमि
साउनको झरी संगै दर्किएर गयौ तिमि

संगै बच्ने संगै मर्ने अरु कसम कति कति
दोबाटोमा पुगेपछि फर्किएर गयौ तिमि

मैले तिम्रो मन्दिर आफ्नो मुटुभित्र बनको थे
मुटु सानो भयो भन्दै झर्किएर गयौ तिमि

तिमि सधै हुन्छु भन्थेउ सपनीमा बिपनिमा
अनायासै सिससरी चर्किएर गयौ तिमि


-bibek dahal
सर्लाही, हरिपुर

घरि घरि रेटे, साश जिन्दगीको
सिदियेशी जेउने आश जिन्दगीको

फूलहरुमा तिमीलाई गुलाब मनपर्छ रे
टिप्न खोज्दा रकतै बनायो हात जिन्दगीको

किताबहरु तान्दै कहानी पड़ना खोजछौ तिमि
अधुरो छ उपन्याश जिन्दगीको

हसायर रुवाउनु तिम्रो बिसेस्ता रहिछ
कमजोरी सोच्थ्ये मैले जिन्दगीको

कति सदै तनाबमा बसिराखछौ तिमि
चुरोट रक्सि पनि त हो पर्याय जिन्दगीको

.......मेरो यो पैलो पत्र हो बुलबुल को लागि एसले नै मलाई गज़ल लेखना सिकायो आज बुलबुल कै लागि यो कोसेली आशा छ बचन गरिदिनुहुनेछ र आगामी दिनहरुमा एस्त थुप्रै खोसेलीहरु पठाउने छु........हाल -:शान्तिनगर ,काठमाडौँ ....गोल्डेनगेट कलेज <कक्ष्या १२>


-उर्मीला कोइराला
kavre


गजल
झ्याउरे लय (असारे छन्द)
ओँठमा हाँसो, छर्छु भनेथेँ, के छर्न सकेँ र !
केके न गर्छु, भन्दै थिएँ म, के गर्न सकेँ र !

बेदनादेखि, भागेर कतै, जाउँ कि भन्दामा
बाधिँदा पाउ, जंघार पनि, के तर्न सके र !

सबैले तोडे, सबैले छोडे, दुःखीको साथ लौ
सुक्दैछु म नि, त्यो रुखबाट, के झर्न सकेँ र !

अधुरै बनें, सपना सबै, टुटेर गएसी
जिउँदै लास, बनेर पनि, के मर्न सकेँ र र!

कुटिल तिम्रो, देखेर हाँसो, डराइ भागेथे
आँसुमा डुबे, सहेरै हाँसे, के सर्न सकेँ र !

उर्मीला कोइराला आँसु


-सुनील स्पन्दन
भक्तपुर

गजल ( भुजङ्गप्रयात)
। ऽ ऽ । ऽ ऽ । ऽ ऽ । ऽ ऽ
बहेर मुतकारिब
न देऊ भनेथेँ, उही नै दिलायौ
इ बैरी हसाएर आँसू पिलायौ

बचाई बचाई बचेको जवानी
सुटुक्कै निकाली धुलोमै मिलायौ

कहाँ काँ पिरैमा हराएछु साथी
नसोध्यौ तिमीले तिमी काँ बिलायौ

कहीँ दुख्छ छाती, कहीँ दुख्छु आफैँ
गरेँ के विधाता र ?आगो निलायौ

कतै कै नराम्रो, म भन्दै थिए कि?
नबोलोस् भनेरै त बोली सिलायौ
सुनील स्पन्दन, भक्तपुर ।


-रामकृष्ण poudel
gazalkunga

आँगनीको डिलमा यो साल सयपत्री फुल्दै होलान
गैरी खेतमा धानका बाला लहलह झुल्दै होलान ।

आलो पालो मेला पर्म गाउँमै कुटो कोदालोमा
लेक-बेँसी साथी भाई काम काजले भुल्दै होलान ।

आउनै लाग्यो बर्ष दिनको दशैँ तिहार तीज अव
के कसरी मनाउने हो, भन्दै गाउँमा डुल्दै होलान ।

पोहर साल त त्यस्तै भयो अर्को चोटि आउँछु भन्थे
यसपाली त आमा बैनी मेरै बाटो कुर्दै होलान ।

रामकृष्ण पौडेल "अनयास"
भरतपुर-१३, गजलकुन्ज
चितवन