श्रोताका पत्र


-Dinesh Raut
saudiarab ....

सम्झी गाऊ घर रुन्छ मेरो मन ..यो परदेशमा
कहाँ फल्दो रहेछ र रुखमा धन ..यो परदेशमा

जता हेरे पनि मरुभूमि मात्रै छ यहाँ
छैन नेपाल को जस्तो हरियो बन.. यो परदेशमा

आफ्नो देशमा रोजगार नहुदा
बिदेशीको दास भै बित्नेभो जीवन यो परदेशमा

दिनेश राउत सिन्धुली दुधौली ४ आपडाँडा
हाल (साउदीअरव)
मेरो बुलबुलमा पहिलो गजल हो जानी नजानी लेख्ने कोसिस गरेको छु ..कृपया अच्युत जि प्रसारण गरिदिनु हुन्छ होला भन्ने आस राखेको छु ...........!


-श्याम कुमार श्रेष्ठ
धादिंग (हाल : किर्तिपुर )

बस्दिन यो खाडीमा, आफ्नै घर आउँछु आमा
आफ्नै गाउँको रोधीमा,दिल खोलेर गाउँछु आमा

कामै काम फुर्सद छैन, माया गर्ने कोही छैन
फर्की आई त्यै कालीलाई,चोखो मामा लाउँछु आमा

प्रचण्ड यो गर्मीमा खन्दै जोत्दै मर्छु क्यरे !
आफ्नै त्यो गैरीखेत, आनन्दले साउँछु आमा

विरानो यो भूमीमा, आफ्नोपन छैन यहाँ
रानीवनकै वनपाखामा, आफ्नोपन पाउँछु आमा

तिमीले छोए आधा विमार निको हुने गर्थ्यो मेरो
फर्की आउँछु आफ्नै ठाउँ,गाउँ-वेंशी धाउँछु आमा

एक हल गोरु लिई जान्छु, संगी संगै मेलापात
काले वाच्छो कत्रो भयो?, वरु आफैं दाउँछु आमा


-प्रेम राज अधिकारी
दोहा ,कतार

चोखो माया गर्ने भए मनको मन्दिर खाली हजुर
अजम्बरी साथ दिनेलाई आजै बाट बहाली हजुर

बिश्वाश मै चल्छ संसार बिश्वाश गर्न सक्छौ भने
पूजा गर्न चोखो प्रेम को हृदयमा फूल को थाली हजुर

गुण हुन् उनमा सुलक्षण का श्रद्धा भाव होस् चोखो प्रेम मा
धनि गरिब जात भात म भन्दिन गोरी र काली हजुर

अपुरो भो जिन्दगि यो माया का ति सुबास बिना
बेमोल भो माली बिना सुन्दर फूल को डालि हजुर

दुख मा रुने आखा अनी सुख मा हास्ने ओठ भए
साथ दिन्थे जीवन भरि मनको दियो बाली हजुर

सुनसान भो मनको मन्दिर दिल कि एउटी देवी बिना
पन्चेबाजा जन्ती संगै आउछु लिन दिलकी माली हजुर

पठाउने
प्रेम राज अधिकारी (वियोगी )
दोहा कतार ( G4S )


-सबिन
सानोश्री-३,कुसुम्बा बजार बर्दिया(हाल UAE को अबु-धबी मा)

आदरणीय दाजु अच्युत घिमिरे मा नमस्कार
म पनि सधै सुनिरहन मन लाग्ने प्यारो कार्यक्रम बुलबुलको साथी हु,
बुलबुल कार्यक्रम download गरेर सुन्ने गरेको छु.
duty को ब्येस्ताले गर्दा live सुन्न सकेको छैन.
जब बुलबुल सुरु हुन्छ दाजुको आवाज सुनेपछि कार्यक्रम सकिन लागेको पत्तो हुदैन.
समग्रमा बुलबुल परिवारलाई मेरो धेरै -धेरै सुभकामना र धन्यबाद. भन्न चाहन्छु.


-बिक्रम चिमरिया
अर्जुन्धारा ८ झापा नेपाल

गजल

म जब यो संसार छोडेर जान्छु
खाएका कसम तोडेर जान्छु
म जब यो संसार छोडेर जान्छु

यस्तै छ रित यो संसारको
यो जीबन पथ मोडेर जान्छु
खाएका कसम तोडेर जान्छु

पर्दा पछाडि हासेँ म रोएँ
अन्त्यमा कफन ओडेर जान्छु
खाएका कसम तोडेर जान्छु

बाचुन्जेल यात्रामा पछी परेछु
नाम अघी स्वर्गिय जोडेर
खाएका कसम तोडेर जान्छु

यती नै बनाउन सकेछु मलामी
यही धर्तिमा शरीर गोडेर जान्छु
खाएका कसम तोडेर जान्छु