श्रोताका पत्र


-बिक्रम चिमरिया
अर्जुन्धारा ८ झापा नेपाल

गजल

भन्थ्यौ तिमी मिठा सपना देख्न नछोड्नु
गीत गाउँनु भन्थ्यौ गजलहरु लेख्न नछोड्नु
भन्थ्यौ तिमी मिठा सपना देख्न नछोड्नु

पहिलो दिन त छक्क पर्यौ रिसायौ पनि होली
पछी भन्थ्यौ मेरो बाटो तपाईं छेक्न नछोड्नु
गीत गाउँनु भन्थ्यौ गजलहरु लेख्न नछोड्नु

तिमी घरमा एक्लै हुँदा म भेट्न जान्थें तिमीलाई
तिमी भन्थ्यौ मेरो घरको आँगन टेक्न नछोड्नु
गीत गाउँनु भन्थ्यौ गजलहरु लेख्न नछोड्नु

म भन्थेँ तिमीलाई कती जाडो छ टाँसिएर बसौँ
भन्थ्यौ तिमी यो तनमा त्यो तन सेक्न नछोड्नु
गीत गाउँनु भन्थ्यौ गजलहरु लेख्न नछोड्नु


-बिक्रम चिमरिया
अर्जुन्धारा ८ झापा नेपाल

गजल

कसैले हाम्रो साइनो सोधे आत्मियताको भनिदिनु
अनी त्यो स्पर्श केको भन्लान् मितब्ययिताको भनिदिनु
कसैले हाम्रो साइनो सोधे आत्मियताको भनिदिनु

हामी दुबैले पहिछनेकाछौं ती सङ्कालु आँखाहरुलाई
जे छ नलुकाइ हाम्रो सम्बन्ध मित्रताको भनिदिनु
अनी त्यो स्पर्श केको भन्लान् मितब्ययिताको भनिदिनु

तिमी हाँस्छौ बोल्छौ मसँग म तुच्छकर सोच्दिन कहिल्यै
हेयकर सोच्लान हाम्रो जोडी सौहार्दताको भनिदिनु
अनी त्यो स्पर्श केको भन्लान् मितब्ययिताको भनिदिनु

तिमी आफ्नो बह सुनाउछौ म भाबबिह्वल हुन्छु
हामी बिचको सुमधुर नाता मानबताको भनिदिनु
अनी त्यो स्पर्श केको भन्लान् मितब्ययिताको भनिदिनु
-डि. बि." रहस्य"


-बिक्रम चिमरिया
अर्जुन्धारा ८ झापा नेपाल

गजल

राम्रा मान्छे पनि त्यसै बिग्रिन्छन कलेजमा
बाँधेर जोडी कोही कोही हिड्छन कलेजमा
राम्रा मान्छे पनि त्यसै बिग्रिन्छन कलेजमा

तात्तिन्छन् मित्रताहरु कहिलेसम्म कुन्नी
नमज्जाले सम्बन्ध ति चिसिन्छन कलेजमा
बाँधेर जोडी कोही कोही हिड्छन कलेजमा

पढ्ने कमै आउँछन रबाफ बढी देखाउने
कोहिका मुहार श्रिंगारले सजिन्छन कलेजमा
बाँधेर जोडी कोही कोही हिड्छन कलेजमा

कसैका मनमा मायाका गाँठाहरु कसिन्छन
ख्याल ख्यालमा नै कसैका मुटु छिन्छन कलेजमा
बाँधेर जोडी कोही कोही हिड्छन कलेजमा

खराब लतमा लाग्दै कोही लत्तो छोड्ने गर्छन्
बैँशले होला कोही त अत्ती मात्तिन्छन कलेजमा
बाँधेर जोडी कोही कोही हिड्छन कलेजमा

नबन्ने नि कहाँ हुन र प्रीतका दरबार यहाँ
पल भर मै सपनाका महल भत्किन्छन् कलेजमा
बाँधेर जोडी कोही कोही हिड्छन कलेजमा

हुँदैछन मोर्चा बिध्यार्थी लदाकु बन्दैछन
कसैका आत्मा पैसामै बेचिन्छन कलेजमा
बाँधेर जोडी कोही कोही हिड्छन कलेजमा


बिक्रिती मौलाउदैछन आफ्नो गल्ती नदेख्नाले
कोही त भने पश्चतापले तड्पिन्छन कलेजमा
बाँधेर जोडी कोही कोही हिहिड्छनद्छन कलेजमा

राम्रा कुराहरुको यहाँ खिल्ली उडाउँछन
लुटिन्छन् सोझा साझा ठगिन्छन कलेजमा
बाँधेर जोडी कोही कोही हिड्छन कलेजमा













-बिक्रम चिमरिया
अर्जुन्धारा ८ झापा नेपाल

गजल

यो पाजी गजल फुर्न पनि चोट चाहिनु पर्ने
जीबन ज्युन कागजको त्यो नोट चाहिनु पर्ने
यो पाजी गजल फुर्न पनि चोट चाहिनु पर्ने

सत्यको उपाशकले आशत्य रोज्ने बाध्यता कस्तो
जमानै यस्तो आशाल बन्न खोट चाहिनु पर्ने
जीबन ज्युन कागजको त्यो नोट चाहिनु पर्ने

बुद्दी र दिलका धनीहरु कहलिदैनन ज्ञानी
अचेल प्रतिष्ठित बन्न नयाँ कोट चाहिनु पर्ने
जीबन ज्युन कागजको त्यो नोट चाहिनु पर्ने

कुनै योगदान दिएनन नेताले जनताका निम्ती
नेतालाई भने त्यही जनाताको भोट चाहिनु पर्ने
जीबन ज्युन कागजको त्यो नोट चाहिनु पर्ने

दण्दहिनता मौलायो भ्रस्टचारले जरा गाड्यो
निश्वार्थी रहेनन सबलाई धनको बोट चाहिनु पर्ने
जीबन ज्युन कागजको त्यो नोट चाहिनु पर्ने


-बिक्रम चिमरिया
अर्जुन्धारा ८ झापा नेपाल

गजल

मैले हेर्ने बित्तिकै आँखा किन उत्तातिर
मलाई सुनाउने गीतको भाखा किन उत्तातिर
मैले हेर्ने बित्तिकै आँखा किन उत्तातिर

मै हो क्यारे तिम्रो दिलको केन्द्रबिन्दु हैन ?
लौन अब कहाँ खोल्या शाखा किन उत्तातिर
मलाई सुनाउने गीतको भाखा किन उत्तातिर

अरे सानु मै गह्राउला तिमीलाई त्रिप्त साच्चै
तिम्रा नयन फेरी पनि भोका किन उत्तातिर
मलाई सुनाउने गीतको भाखा किन उत्तातिर

नियालेर हेर त मेरा आँखामा तिम्रो माया
अझै फेरी तिम्रा नजर पाखा किन उत्तातिर
मलाई सुनाउने गीतको भाखा किन उत्तातिर

यो चिसो मौसममा अङगाल न छातीभरी
उफ् यो अङ्गालो चिस्याएर काखा किन उत्तातिर
मलाई सुनाउने गीतको भाखा किन उत्तातिर

यता पनि फुट्छन् लाटी पिरतिका मुहानहरु
लोप्रिन्छन ती अधर यता तिखा किन उत्तातिर
मलाई सुनाउने गीतको भाखा किन उत्तातिर

मेरै रहेछौ मात्रा तिमी कसम कसम साँचो रहेछ
मलाई खुशी पारी अहिले धोका किन उत्तातिर
मलाई सुनाउने गीतको भाखा किन उत्तातिर