श्रोताका पत्र


-विश्व शशी
भिमढुंगा-७ काठमाडौँ,नेपाल

जिउनु नै छ जिन्दगीमा जिएँ अलि अलि
तिम्ले दे'का चोटसंगै पिएँ अलि अलि

पागलसरी भौतारिंदै कति हिंडे कति
उध्रिएको जाली मनलाई सिएँ अलि अलि

प्यार दियौ झुठो रै'छ आज मात्र बुझें
तिम्रै लागि प्रेममा पागल थिएँ अलि अलि

तिम्रो साथ उभिएर "विश्व" जित्नु थियो
बिचमा छाड्यौ हार्ने बचन लिएँ अलि अलि
जिउनु नै छ..................................


-Aashish khaniya
Nayabazar sorakhutte Kathmandu

मेरो शान्त तपस्यालाई जगाएर गयौ
नानाथरि दोष मलाई लगाएर गयौ

पुरै घर संगसगै बनाउने चाहा थियो
जगमात्रै हाल्न मलाई सघाँएर गयौ

तिम्रो लागि चौरासी ब्यञ्जननै पकाको थे
तर तिमी बासनामै अघाँएर गयौ

तिम्रो साथ पाउँछु भनि खुसी थियो मन मेरो
सारा खुसी आसुले नै बगाएर गयौ


-विश्व शशी
भिमढुंगा-७ काठमाडौँ,नेपाल

बाँच्न खोजेका पलहरु मर्न खोजेका पलहरु
रोई रोई मनमा माया भर्न खोजेका पलहरु

कसम त हावासरि उडेछ खोज्दै हिडें मन्दिर भरि
लुकाएर नयनबाट टार्न खोजेका पलहरु

भो पुग्यो अघाएँ म तृष्णामा बाँचेर सधैं
जितेरै पाउने जिन्दगि हार्न खोजेका पलहरु

आयो बसन्त छाएछ पात पातमा हल्लिदै
झुक्क्याएर "बिश्व"बाट झार्न खोजेका पलहरु


-bikram chimariya
अर्जुनधारा 8

गजल
अस्ति एउटा मान्छे मर्यो मर्यो होइन मारेको रे
गरीबको बसाईँ सर्यो सर्यो होइन सारेको रे

निर्दयी पञ्जा लम्किदैछन यही फूलबारी तिर
अर्को कुशल फूल झर्यो झर्यो होइन झारेको रे

आरोपका नेलले बाँधिए निर्दोशका हातहरू
राष्ट्रसेवक जेल पर्यो पर्यो होइन पारेको रे

देशद्रोही अत्याचारी यहीँ कतै संरक्षित छन्
भाग्यो दलाल मेची तर्यो तर्यो होइन तारेको रे

अधिकार शान्ति र उन्मुक्तिका लागि बली चढ्यौ
यसै हाम्रो चाहना टर्यो टर्यो होइन टारेको रे


-bikram chimariya
अर्जुनधारा 8

गजल
लग मेरो सुन चाँदी लग घर आँगन मेरो
त्यसको बदलामा फिर्ता देउ बालापन मेरो

त्यो उमेर त्यो मनोस्थिति दिएमा कसैले
निकाली लैजाउ ममा भरिएको यौवन मेरो

मलाई दिई खुशी पारेमा ती साना साथी सङ्गी
म त्यही दिन्छु तिमीलाई के चाहिन्छ भन मेरो

देउ मलाई फूलसँग रम्ने अबोध ह्रदय
सुम्पिन तैयार छु म यो अनुभबी मन मेरो

त्यो सबैभन्दा बात्सल्यमय त्यसैले म भन्छु
लैजाउ कमाएको यो प्रतिष्ठा हर सान मेरो