श्रोताका पत्र


-प्रकाश शर्मा
गुल्मी मुसिकोट हाल दोहा

एसो एता आढ़तीर सरे जाती हुन्थ्यो //
पिरती का कुरा माइली गरे जाती हुन्थ्यो
डाह गर्छन दुनीयाले तिमी मलाई देखि होला //
एसो आँखा तिनिमाथि तरे जाती हुन्थ्यो
पिरती का कुरा माइली गरे जाती हुन्थ्यो

मिलन को सुन्सान छ यो रात हाम्रो //
सिम सिम पानी गर्झैर परे जाती हुन्थ्यो
फुल सरी फ़क्रिएइकि मेरीमाइली तिमी//
यौबन को रसले एसो भरे जाती हुनथ्यो
पिरती का कुरा माइली गरे जाती हुनथ्यो

न लज्जाऊ न के मुख छोपेकी ए .....//
पछौरी त्यों अलिक तल झरे जाती हुनथ्यो
एसो एता आढ़तीर सरे जाती हुन्थ्यो //
पिरती का कुरा माइली गरे जाती हुन्थ्यो
पिरती का कुरा माइली गरे जाती हुन्थ्यो


-Aashish khaniya
Nayabazar, kaldhara kathmandu

सुनेको छु अन्तै बसाई सार्न खोज्दैछौ रे
पिरतिको डुंगा अन्तै तार्न खोज्दैछौ रे

आफ्नो मान्छे खोज्दै हिड्या अबोधलाई
माछी बनि ढडियामा पार्न खोज्दैछौ रे

शलीनता शितलता छर्किएर हास्यौ भनि
चन्द्रलाई नै शत्रुठानी झार्न खोज्दैछौ रे

सधै जित्ने खेल पनि आज मेरो आगमनमा
नानाथरी बाहानाले हार्न खोज्दैछौ रे

चोखो माया दिन्छु भनि छुरा चलाई मुटु जलाई
घाटी थिचि तड्पाएर मार्न खोज्दैछौ रे


-विश्व
भिमढुंगा -7 काठमाडौँ

मलाई आज तिम्रा रहरले लखेटे
ति ओठमा लुकेका कहरले लखेटे

भरोशा लीई आएँ तिम्रो किनारा
तिम्रो बचनका जहरले लखेटे

फिलिङ्गो उभियो चिताको स्वरूपले
जलाउँछ भन्ने ठहरले लखेटे

भुलाई यो संसार तिम्रै नयनमा
एकान्तका दुई प्रहरले लखेटे

बदल्नेछु भन्दै आयौ "विश्व"लाई
ति निर्जन बनेका सहरले लखेटे
मलाई आज ...................


-Aashish khaniya
Nayabazar,sorakhutte, Nepal

हिजोका ती अतीतलाई भुलिदिए पुग्छ
मेरो मनको बगैचामा फुलिदिए पुग्छ

बाटो फरक होला हाम्रो गन्तव्य त एकैहोनी
भेट हुदा मेरो सामु खुलिदिए पुग्छ

धड्कन मेरो थाक्यो भने केबल तिम्रो प्रतिझामा
अमृत बनि मुटुभित्र फुलिदिए पुग्छ

पागल प्रेमी भए भने खोली बिना बगर झै
तस्बिर बनि परेलीमा डुलिदिए पुग्छ


-विश्व शशी
भिमढुंगा -७ काठमाडौँ, नेपाल

रोएछ आकाश झर्यो थोपा-थोपा

नयाँ कोपिलामा पर्यो थोपा-थोपा.....

रोएछ आकाश........



छट्पटाइ रातमा म हेर्दै थें नभमा

गगनलाई चिर्दै गर्यो थोपा-थोपा

रोएछ आकाश........



गुमाएर जुन आफ्नै बदनमा

धराभित्र खोज्न छर्यो थोपा-थोपा

रोएछ आकाश........



यि आँशु म थाप्दैथें पोल्टो पसारी

रित्तो नयनमा भर्यो थोपा-थोपा

रोएछ आकाश........