श्रोताका पत्र


-बिनोद भट्टराई (पुर्वेली प्रतिभा)
रुपनगर ७ सप्तरी, हाल मकवानपुर-हेटौडा

धेरै दिन भो देख्या छैन प्यार बिरानो भो
तिमी छैनौ हेटौडा को बजार बिरानो भो

साथ दिने साथी यहाँ हजार हजार तर
तिमी बिना हासखेल गर्ने आधार बिरानो भो

छुट्टिदाको तिम्रो मुहार सम्झिन्छु म अझै पनि
उस्तै छौ कि बदलियौ समाचार बिरानो भो

परखि बसे सिउदो तिम्रो रङ्याउन आउछु प्रिय
तिमी बिना बिनोदको घरबार बिरानो भो

धेरै दिन भो देख्या छैन प्यार बिरानो भो
तिमी छै नौ हेटौडा को बजार बिरानो भो


-आत्रेय प्रविण
नेपाल मेरो घर

तप्प तप्प झरे आसुँ म के जानु किन रोए
मैलिएको रुमाल थियो आसुँलेनै आज धोए

टोलाउदै बस्ने गर्थे सधैं सधैं एकलै साँझमा
अड्किएको रैछ क्यारे माया कतै मुटु माझमा
टुक्रा टुक्रा पारी मुटु माया झिकी फेरि सिए
मारे माया आफुलेनै आफै फेरि किन रोए

मैलिएको रुमाल थियो आसुँलेनै आज धोए
तप्प तप्प झरे आसुँ म के जानु किन रोए???


-मदराज शाही "बिबश अकेला"
मान्म ८ ताड़ी कालिकोट

गजल नं १
खडेरीमा रिमझिम रिमझिम पानी दिदापनि
यो बिबशको मनको देवी ठानीदिदापनि
विश्वासको त कुरै छाडौं शंका मात्रै गरयौ
त्यही नाममा सिंगो मुटु तानी दिदापनि
धोका दियौ मुटु भित्र खिल गड्ने गरी
यो जिन्दगी सारा तिम्रै ठानी दिदापनि
टुर्क्रइदियौ हृदयलाई छिया छिया पार्यौ
चोखो मेरो मनको माया छानी दिदापनि
सायद सम्झयौ तिम्रो लागि सम्पति नै ठुलो
नियाल्नलाई दुइ आँखाको नानी दिदापनि

गजल नं २

दिल खोलेर ज्यानलाई माया गर्न नसकेर
यतै त छु अन्त बर्साई र्सन नसकेर
अभाव त्यो जिन्दगीको भएपनि काली
अझैसम्म बाँचिराछु मर्न नसकेर
आज हो कि भोली हो खै ठेगान छैन मेरो
सागर बिचमै अलपत्र छु तर्न नसकेर
सपनिमा बरालिदै कराउन पो थालैं
पागल भएँ तिम्रो सिउँदो भर्न नसकेर
तिम्रै यादमा पलपल सारा खिएँसकें आज
जिन्दगीमा मैले केही गर्न नसकेर


-moti bhattarai
बुटवल-१३ कलिकनागेर

मलाई तपाही को प्रोग्राम मन पर६ तर सुरुति समबागा मा रडियो बाट मात्र सुन६उ तासको लागि पनि वेबस सेडा वाय वनिदिनु हुन६कि


-dhurbamani khanal
devdaha,khaireni

तराई फाँटमा धान झुल्छ मेरो प्यारो नेपालमा ।
हिमाल भरि गुराँस फुल्छ मेरो प्यारो नेपालमा ।।

हिमाल,पहाड,तराई मदेश अनेकतामा एकता
जुन झरेर यहि भुल्छ मेरो प्यारो नेपालमा ।।

पहाड रम्दै मयुर नाच्छे तराई खेतमा अन्न नाच्छ
नौ रङ्गी त्यो डांफे डुल्छ मेरो प्यारो नेपालमा ।।

पश्चिम देउडागीत गाँउछ पूर्व लाखे नाच नाच्छे
सगरमाथा शीर चुल्छ मेरो प्यारो नेपालमा ।।