श्रोताका पत्र

-हरि सिंह माल " मुस्कान "
गोकुलेश्वर , बैतडी , सुन्दर सुदुर पश्चिम हाल : मरुभूमिको छाती बाट

Message:
नमस्कार प्रिय , बुलबुल कार्यक्रम प्रस्तोता अच्युत घिमिरे जिउ म यो गजल बुलबुल कार्यक्रम सधै सुन्ने गर्छु र मलाई धेरै नै मन पर्छ पहिला पनि मैले गजल पठाएको थिए आज पनि एउटा दशैं बिशेस गजल पठाएको छु ,मेरो गजल पनि प्रसारण गरि दिनुहुनेछ भन्ने आशा लिएको छु र मेरो गजल लेखाईमा के कति सुधार गर्नु पर्नेछ प्रत्य्क्ष सुझाह र सल्लाहको अपेक्षा पनि गरेको छु ,साथै कार्यक्रम प्रस्तोता लगायत बुलबुल परिवार मा दशैंको शुभकामान दिन चाहन्छु र मलाई हरि सिंह माल भनि चिन्ने सबैलाई पनि दशैंको हार्दिक मंगलमय शुभकामना दिन चहान्छु ...........

========= गजल =========

न मुछ्नु आमा दहीमा टिका आउदिन दशैंमा !
निधारको टिका जमरा कानमा लाउँदिन दशैंमा !!

यसपाली पनि परदेशी भयो घर आउन सकिन !
बाबाको आशिष आमाको माया पाउदिन दशैंमा !!

रंगी र चंगी गाउँ घर होला दशैं र तिहार मा !
म आउने बाटो नहेर्नु आमा धाउदिन दशैंमा !!

संगैका साथि पिङ खेल्दै गर्नु रमाई रमाई !
सारंगी रेट्दै दोहोरी भाका गाउदिन दशैंमा !!

हरि सिंह माल " मुस्कान "
गोकुलेश्वर , बैतडी
सुन्दर सुदुर पश्चिम
हाल : मरभुमिको छातीबाट

-biru balampaki
bardibas

मलाई यो कार्यक्रमा एकदमै राम्रो लाग्छ।

-पुरुषोत्तम अधिकारी
चैनपुर १ चितवन

शराफ मेरो शिरानी भए पछि
पिउनु मेरो निशानी भए पछि

जिउनु पनि बेकार लाग्छ
बदमास मेरो कहानी भए पछि

नघिजोल्नु मेरो आतित लाई
आतित अभ सपारनी भए पछि

तेस्है तेस्है छाती पोल्छ
आफ्नै मुटु खरानी भए पछि

मायाको नाटक किन रचौ
आखिर छुरा चालाउनि भए पछि

-रोशन थलङ
ताप्लेजुङ्ग

१. बंगैचामा फुल रुन्छ माली पनि रुन्छ
मेची पनि रुन्छ महाकाली पनि रुन्छ

कृषी प्रधान देशमा पनि अभाव भयो मलको
त्यसैले त किसान रुन्छ बाली पनि रुन्छ

देश बिगार्ने कुन हो टाउके गाह्रो भयो चिन्न
ईमान्दारी पनि रुन्छ जाली पनि रुन्छ

नेता ज्यू कै कुरा सहि भन्दै मूस्कुराएं
वास्तविकता हाँसो रुन्छ ताली पनि रुन्छ

२.गणतन्त्र, प्रजातन्त्र ढल्छ जस्तो छ
निरङ्कुश, तानशाह चल्छ जस्तो छ

गाउँगाउँ उठ अब बस्तीबस्ती उठ
क्रान्तिको आगो देशमा बल्छ जस्तो छ

महलको आश्वसन किन बाढ्छन् नेता
यिनै भाको झुपडी नै जल्छ जस्तो छ

देश हाँक्ने चालकाहरुको सुस्त गति देख्दा
सोझा अनि गरीब जनता छल्छ जस्तो छ

रोशन थलङ, ताप्लेजुङ्ग
नोटः हजुरको गजल बाचन शैली अति नै राम्रो लागेर मैले पनि गजल पठाएको छु, प्रषारण हन्छ कि भन्ने आश एवम् विश्वासमा छु ।

-हरि सिंह माल
गोकुलेश्वर , बैतडी , सुन्दर सुदुर पश्चिम , हाल : मरभुमिको छातीबाट