श्रोताका पत्र


-सेलिना सापकोटा
बर्दिया,राजापुर

पथ्थर हु म फुट्छु मलाई फुटाएर जाउ
दिलको कैदि तस्बिरलाई छुटाएर जाउ

मेरो प्रतेक नशा-नशा बग्ने गर्छ तिम्रै नाउँ
सक्छौभने नशाहरु टुटाएर जाउ
दिलको कैदि तस्बिरलाई छुटाएर जाउ

खसेका छन् ढिक्कै ढिक्का आँसुहरु तिम्रालागि
तिम्रो याद आउछ यिनलाई उठाएर जाउ
दिलको कैदि तस्बिरलाई छुटाएर जाउ

के छ र भन्नु अब भन्छु एहि तिमीसंग
मेरालागी जहरहरु जुटाएर जाउ
दिलको कैदि तस्बिरलाई छुटाएर जाउ
सेलिना सापकोटा डि. के.


-श्याम कुमार श्रेष्ठ
धादिंग , हाल : किर्तिपुर

धेरै भयो आ'को छैन, के छ बा गाउँको खबर?
अस्तब्यस्त त्रास पिडा,यस्तै छ काठमान्डु शहर

जान्छु भन्दै बर्सौं बित्यो, सानी कत्री भाइहोली?
सानो त्यो गाउँको लागि, खुसि लाने थियो रहर

सामन्तले गाउँघरमा, अझै दुख दिन्छ होला
सुनेकोथें ठुले दाइले, पनि पिए अ'रे जहर

गाउँमा सधै उस्तै , दुख पिडा अभाव छ
चुनाव आउँदा पुग्दो होला, कैले काहीं खुसि लहर

तिम्रो लागि दौरा सुरुवाल, आमालाई ढाका चोली
बोकी आउंछु आर्को साल, एस्तै छ मनमा ठहर


धेरै भयो आ'को छैन, के छ बा गाउँको खबर?
अस्तब्यस्त त्रास पिडा,यस्तै छ काठमान्डु शहर


-दीपक थापा
america

गजल्
विश्वासघाती उनको नाम घोके हुन्छ साथी
आउँदा-जाँदा एक एक लात ठोके हुन्छ साथी |

दोबाटोमा बसी फेरि अर्को जाल रच्नेलाई
जबर्जस्ती उसको पाइला रोके हुन्छ साथी |

यौनमा लिप्त हुने उनका रहरहरु सबै
अर्थी कसी शङ्ख फुकी बोके हुन्छ साथी |

उम्लिएको कर्तुत उसको पोख्दा समाजमा
ताली संगै बिरोधमा धोके हुन्छ साथी |


-deepak thapa
उस

गजल *दिपक थापा *
आडम्बरको खोल ओडी बाँच किन भन्थे
आँगन टेडो भन्थ्यौ भने नाँच किन भन्थे

झुटो माया गर्थेयौ थाहा छ सबको आगाडी
हाँस्दै घाँटी रेट्दा छुरी भाँच किन भन्थे

मन मरी खुसिहरु बग्ने छोडी सक्दा
जुठो मेरो प्रेमलाई हजुर साँच किन भन्थे

पराइले दिदा तिम्लाई चोट गनी गनी
साँचो प्रेम र धनको मूल्य जाँच किन भन्थे

America


-चन्द्र प्रसाई /आभास अद्रिश्यी
डल्लास, TX


उनले चाहन्थीन अपनाउन सकिन ! जसलाई चाहन्थे पाउन सकिन! दिल दुखाउने खेल खेलें सायद, उन्को तोडें आफ्नो पनि बचाउन सकिन !!
आभाष अद्रिश्यी !

प्रत्येक मौनता को अर्थ स्विक्रिती बन्दैन, थाकेका पाईलाहरु को बिश्राम प्रतिक्षा हुंदैन, यो नजर् को त के भरोसा हजारौं संग जुध्न् सक्छ, तर सबै नजरमा पिरते बस्दैन!!
आभाष अद्रिश्यी !