श्रोताका पत्र


-'ध्रुब'मणि खनाल

उखेलेर फाल याद तिम्लाई मन बुझ्छ भने ।
डष्टविन् मै हाल याद तिम्लाई मन बुझ्छ भने ।।

सम्झिएर बस्छौ बस मेरो आउने प्रतिक्षामा
जति पाल्छौ पाल याद तिम्लाई मन बुझ्छ भने ।।

बगी जाने खोला हुँ म फर्किएर आउने छैन
चुहिएला टाल याद तिम्लाई मन बुझ्छ भने ।।

नझारे है आँखाबाट अश्रुधारले पोल्छ मलाई
बनोस् फेबा ताल याद तिम्लाई मन बुझ्छ भने ।।


-राजेश शर्मा
नारायणस्थान ८ गर्लुंग बलेवा बाग्लुंग

कार्यक्रम संचालक दाजु मा नमस्ते, म बुलबुलको नया श्रोता हु, बुलबुल सुनेपछि गजल लेख्न को लागि जगरूप बनायो, म पनि आहिले बिस्तारै गजल लेख्न थालेको छु, अनि दाजु को प्रसारण सैली को त विस्तार नै गर्न सक्दिन, बुलबुल लाई उतोरुतोर पर्गतिको कामना गर्दछु ! आगामी इमेल मा गजल पठाउने बाचा को साथ बिदा हुन्छु नमस्ते


राजेश शर्मा हाल नदीपुर ३ पोखरा
lab technician तेस्रो वर्ष अध्यनरत,


-keshav थापा
जाजरकोट

शान्तिकामी नेपालीको आस बनोस् नयाँ वर्ष ।
दिर्घशान्ति कायम गर्न खास बनोस् नयाँ वर्ष ।
अन्याय र अत्याचारको पथबारहरू ध्व‌म्स पादै ,
नव नेपाल निर्माणको आभास बनोस् नयाँ वर्ष ।
अढाई करोड नेपालीको भोको पेट नाङ्गो छाती,
ढाक्नलाई गासँ बास अनि कपास बनोस् नयाँ वर्ष ।
अन्धकार र अशिक्षाको कालो मैलो हटाउन,
प्रज्वलित दिप जस्तै प्रकाश बनोस् नयाँ वर्ष ।
राष्ट खाने छ सय एक धमिराको मन मुटुमा,
राजनैतिक प्रलयको त्रास बनोस् नयाँ वर्ष ।
अधिकार खोज्दा हतकडी र नेल नलागोस् कसैलाई,
बेसहारा र निमुखाको मधुमास बनोस् नयाँ वर्ष ।
केशव थापा


-सविन महर्जन

बुलबुलमा नमस्ते,

गजल बनाउने प्रयास गर्दैछु । उचित ठहरिएमा प्रसारण हुने आस राख्दछु । गजल यस प्रकार कोरेको छु ः


पाना थिएन मसंग । जब कविता फुरेको थियो ।।
उनले एक पाना दिइन् । जब दियो निभेको थियो।।

प्यासी थिएन कोही । मेरो जीन्दगी बगेको बेला ।।
उनी नुहाउन आइन् । जब दुई आँसु बचेको थियो।।

धागो थिएन मसंग । बगैंगामा फूलहरु फुलेका थिए ।।
उनी माला गाँस्न आइन् । जब फूल सुकेको थियो।।

दर्शक थिएन मसंग । गीतहरु मौनतामा झुल्न थाले।।
उनी डुब्न आइन् । जब गीत शुन्यतामा रमेको थियो।।

नाम ः घ्रिमवाज
ठेगाना ः हाल काठमाडौं


-वविन 'वियोगी '
बिर्तामोड झापा

म यौटा यस्तो गीत लेख्दैछु !
म हारी तिम्रै जीत लेख्दैछु !!

एक्लो म हुंदा छैन गुनासो !
खोजेर तिम्रै मीत लेख्दैछु !!

पवित्र अरु भन के हुन्छ ?
पातको मोती शित लेख्दैछु !!

छुटदैमा माया आंसू झारिन !
हाँसेर यस्कै रीत लेख्दैछु !!

विस्वास तिमी गर नगर !
कसम तिम्रै हित लेख्दैछु !!

लग्यौ त के भो मुटु चुड़ेर !
कलेजी भित्र प्रीत लेख्दैछु !!

वविन वियोगी