श्रोताका पत्र


-किरण lama
ilam

बुलबुल मेरो सबै भन्दा राम्रो अनी मन पर्ने कार्यक्रम हो म बाचुन्जेल बुलबुल सुन्न पाउ ...................................


-आयेशा दाहाल
यु ए ई

आज भन्दा एक दुइ महिना पहिले केहि गागल जस्तो केहि लेखेर बुलबुल को दुवै इमेल मा पठाए तर खै कता गयो कता थाहानै हुन सकेन हजुर


-यश लामा
निजगढ१,बारा हाल ः हेटौडा, मकवानपुर

गजल
यश लामा

यस्तै केही सुन्दैछु, च्याङ्ग्रो मूर्दवाद ।
उल्टो गुड्ने सरकारको पाङ्ग्रो मूर्दवाद ।

आन्दोलनमा सुरक्षाकर्मी यसरी उफ्रिए
बलढयाङ्ग्रोमूर्दवाद मट्याङ्ग्रो मूर्दवाद ।

छिमेकीले दिनदिनै सीमा मिच्यो भन्दै
जूनकीरी गाउँदैथ्यो, फट्याङ्ग्रो मूर्दवाद ।

जोजो बसे ती नाच्दैँ बसे त्यो कुर्सीमा
ताण्डब नृत्य नचाउने ढया्ङ्ग्रो मूर्दवाद ।

महिला मुक्ति मोर्चामा प्रेमिका भन्दै थिईन्
जैविक भाषा नजान्ने गोज्याङ्ग्रो मूर्दवाद ।

निजगढ१,बारा
हाल ः हेटौडा, मकवानपुर



-श्याम श्रेष्ठ 'अनुराग'
धादिंग (हाल-किर्तिपुर))

देउरालीमा कालीलाई, पर्खनुको मजा बेग्लै
भेटेपछि रिसाएझैँ , तर्कनुको मजा बेग्लै

रिसाएझैँ गरेपछि, फकाउछे सुम्सुम्याउदै
अझ धेरै रिसाएझैँ , झर्कनुको मजा बेग्लै

रिसाएझैँ कति गर्नु, संगै बस्ने रहर दुइको
जिस्क्याऊँदै उसलाई पानी, छर्कनुको मजा बेग्लै

अरुसंग देख्न हुन्न रिसाएर पागल हुन्छे
देखाई- देखाई उसलाई ,कर्कनुको मजा बेग्लै

पर भाग्छे समाउन ,खोज्दा उसलाई अंगालोमा
फकाई -फकाई उसको काखमा,लर्कनुको मजा बेग्लै

सारै राम्रो देखिन्छे उ ,बर्षातमा रुझ्दाखेरि
उसकै लागि दर्के झरी, दर्कनुको मजा बेग्लै

छाड्ने कुरा गरें भने,-'नजाउ राजा ' भन्छे मलाई
छाडे जस्तो गरि फेरी ,फर्कनुको मजा बेग्लै


-श्यामकुमार श्रेष्ठ
धादिंग.( हाल - क्रितिपुर)

सेता दारी , गाला चाउरी ,तन्नेरिनै नठान भो
जोश जाँगर छैन ज्यानमा ,अंगालोमै नबान भो


बुढेस कालको कस्तो सृस्टी , आँखामा छैन दृष्टि
लुकिचोरी झ्यालबाट ,नजर तीर नहाना भो


भजन किर्तन भगवानको, सांसारिक मोह छोडी
छोड जिद्दी , जाऊ पर , डिस्को तिर नतान भो


मेरै लागि मन्दिर तिमी, जान छोड आजै देखि
बगैंचामा मेरै लागि ,रातो गुलाब नछान भो