श्रोताका पत्र


-DURGA PRASAD BASHYAL
BARANGDI 3 KAILASHNAGAR PALPA NEPAL NOW U.A.E.ALKUZ

दुर्गा प्रसाद बस्याल अमन
पाल्पा बराङ्गदी 3अर्चले कैलाशनगर पाल्पा
हाल:U.A.E अलकुज

नमस्कार अच्युत दाजु म यो कार्यक्रमको नियमित श्रोता हुँ।असाध्यै मन परेको हुँदा डाउनलोड गरेर सुन्ने गरेको छु।किनकी नेपाल पारी यो सुन्ऩ अलि गार्हो छ।यो कार्यक्रममा रात्रि गन्थन र नेपाली गजल लाई अलि बढी प्राथमिकता दिनुपर्यो।


जङ्घारमा एक्लै मलाई छोडी गयौ किन?
सँगै जिउने बाचा कसम तोडी गयौ किन?
हृदयको कुनाभित्र,तिम्रै माया मौलाउदैथ्यो
फूल्नै नदिई कोपिलामै गोडी गयौ किन?
हिँजो अस्ति तानसेनमा, भेट हुँदा खेरी
देखेर नि नदेखेझैँ शिर मोडी गयौ किन?
चोखो हाम्रो संबन्धलाई, धमिलो पारेर
पराई सँग नाता जोडी गयौ किन?
मेरो राजा मेरो मुटु,भन्ऩे गर्थ्यौ मलाई
फेरी आज त्यै हृदय फोडी गयौ किन?
12:28am, Sat 28-01-2012


-बसन्त कुवँर
शान्तिबजार रुपन्देही

सपनिमा आउनु तिमी मनको ढोका खोलिदिउँला झस्काएर नबिउझाउनु सपनिमै बोलिदिउला
निदारमै चुमिदिनु मिठा मिठा बात गर्दै
आज यति भए पुग्छ बाकी कुरा भोलि दिउला
तिमी मेरो म तिम्रो यति भए पुग्छ मलाई
खालि हात आए पनि चोखो मनको झोलि दिउला


-Ennocent Rajan Basnet
satashidham-7;jhapa Nepal

सुन्दर तिम्रो जवानी त्यो ढल्के जस्तो लाग्छ|
यदाकदा अर्कै तिर सल्के जस्तो लाग्छ||

नसालु ति नयन ले कर्के नजर लगाउदा
यौन त्याहा भरिएर छल्के जस्तो लाग्छ||

ओठ्को एकै स्पर्सले पानी पानी हुने जोबन्
अण्ग अण्ग चुम्नलाई सल्के जस्तो लाग्छ"||||

कोमल तिम्रा बदनका सुन्दर रुपी तस्बिर हरु
सपनी मा नयन भरी टल्के जस्तो लाग्छ||


-धर्मराज स्याङ्तान
खैराङ्ग८,भदौरे,मकवानपुर हालः हेटौडाँ२,शान्तिपथ, मकवानपुर

यदि काँडाले घोच्यो, भने मलाई सम्झिनु ।
पाउ कतै ठोक्यो, भने मलाई सम्झिनु ।

जम्मा गरेर आँशु राख्न दिएकोछु तिमीलाई,
भरिएर त्यो पोख्यो, भने मलाई सम्झिनु ।

एउटा सच्चा असल प्रेमि कहाँ छ भन्दै,
कोहि आएर खोज्यो, भने मलाई सम्झिनु ।

चोखो माया किन्न र बेच्न मिल्ने गरी ,
सरकारले मूल्य तोक्यो, भने मलाई सम्झिनु ।

पागल त्यो 'धर्म' कहाँ गएछ अचेल ?
भनेर कसैले सोध्यो, भने मलाई सम्झिनु ।


-लोक बिजय पोखरेल
मैतीदेवी काठमाडौँ

ज्युँदैछु अँझै, त्यसैले त पिँऊँदै छु।
तिम्रो यादले फाटेको मन समयले सिउँदै छु॥

एक निमेषको सामिपतामा पुरै आँशु रुँदैछु।
म्रिगत्रिष्णामा तिमीलाइ पाउने,भित्र भित्रै कुहुँदैछु॥

अमुल्य त्यो साथ तिम्रो अब पाउने छैन जुनिभरि
,समयको यो निष्ठुरीपनले थोपासरि चुहुँदैछु

ज्युँदैछु अँझै, त्यसैले त पिँउदै छु।
तिम्रो यादले फाटेको मन समयले सिउँदै छु॥