श्रोताका पत्र


-लोक बिजय पोखरेल
मैतीदेवी काठमाडौँ

ज्युँदैछु अँझै, त्यसैले त पिँऊँदै छु।
तिम्रो यादले फाटेको मन समयले सिउँदै छु॥

एक निमेषको सामिपतामा पुरै आँशु रुँदैछु।
म्रिगत्रिष्णामा तिमीलाइ पाउने,भित्र भित्रै कुहुँदैछु॥

अमुल्य त्यो साथ तिम्रो अब पाउने छैन जुनिभरि
,समयको यो निष्ठुरीपनले थोपासरि चुहुँदैछु

ज्युँदैछु अँझै, त्यसैले त पिँउदै छु।
तिम्रो यादले फाटेको मन समयले सिउँदै छु॥


-नबिन किरण
इटहरी हाल (दोहा) कतार

गजल
खुसी छौ रे तिमी अचेल,फूलै फूल ले घेर्दा खेरी
मेरो लाश दुई बांस मा,कात्रो राखी बेर्दा खेरी ॥


पराई को अंगालो भित्र,हासी हासी जादा तिमी
जिउदै मुर्छा परे म त,जिवन साथी फेर्दा खेरी ॥


दुनिया सामु मेरो आज,देखाई दियौ तमासा नी
खुसी मन भो होला,पागल भा को हेर्दा खेरी ॥


तिमी सामु दुनिया आई,मुखा मुख गर्न थाल्दा
थाहै छैन भन्यौ अरे,समाज आई केर्दा खेरी ॥


थाहै भएन यती साह्रो,स्वार्थी हुन्छौ तिमी भनी
रुदै छु म एकान्त मा,हसाई मुटु सेर्दा खेरी ॥
नबिन किरण
दोहा कतार


-धर्मराज स्याङ्तान
खैराङ्ग८, भदौरे, मकवानपुर हाल ः हेटौडाँ२, शान्तिपथ, मकवानपुर

बुलबुल सुन्न नछुटाउने जति पनि बुलबुलियनहरु हुनुहुन्छ, म पनि बुलबुल सुन्न नछुटाउने बुलबुलियन हुँ । बुलबुलमा यो मेरो पहिलो गजल हो । यद्यपी मलाई बुलबुल धेरै मन पर्छ । रेडियोमा सुन्न छुटाएको खण्डमा डाउनलोड गरेर सुन्ने गरेको छु ।

गजल

हो आमा, मैले फेर्ने सासमा, रगतको गन्ध आउँछ ।
हो बा, एकाबिहानै बतासमा, रगतको गन्ध आउँछ ।

म देवता साक्षी राखेर निर्धक्क साथ भन्न सक्छु,
यहाँ मन्दिरको आसपासमा, रगतको गन्ध आउँछ ।

आजभोलि चराहरुले मान्छेहरुलाई यस्तो सोध्छन् रे ,
किन हामी उड्ने आकासमा, रगतको गन्ध आउँछ ?

फूलहरुको बीचमा पनि रक्तपातपूर्ण भएको जस्तो छ ,
नत्र किन फूलहरुको सुवासमा, रगतको गन्ध आउँछ ?

यहाँ पिउनेहरुले पो खै कसरी पिउन सकेको होला ?
म पिउन खोज्छु त्यो गिलासमा, रगतको गन्ध आउँछ ।


-डिल्ली भट्टराई
खोटांग, खार्पा

कहिले कही लुकाएर खुवाउनुको मजा बेग्लै,
एकन्तमा तिम्रो साथ रमाउनुको मजा बेग्लै|
रातको साथ त साच्छन् सबै लुकेर,
दिन दिनै तिम्रो हात समाउनुको मजा बेग्लै|
सुन्ने गरी गाउनेहरु गाएक बन्छन यहाँ,
तिम्ले मात्र सुन्ने गरि गाउनुको मजा बेग्लै|
चट्ट टिप्यो सट्ट लायो क्षणभरको खुशीटुटछ ,
काडा बिचको फूल टिपी लाउनुको मज बेग्लै |
कहिले कही लुकाएर खुवाउनुको मजा बेग्लै,
एकन्तमा तिम्रो साथ रमाउनुको मजा बेग्लै|

डिल्ली भट्टराई
खोटाङ खार्पा
हाल
केन्द्रिय वातावरण बिज्ञान बिभाग
त्रिभुवन विश्वबिद्यालय, किर्तिपुर


-हरि गिरि
काठमाडौँ नेपाल

तिम्रो मात्र मुटु है न नि सानु, मेरो पनि मुटु नै हो, तिमीलाई जति दुख्छ नि सानु, मलाई पनि त्यतिनै दुख्ने हो, किन दुखौछौ सानु यो कोमल मुटु लाई सक्दिन म अब सहन लाई, छिया छिया भैसक्यो अब जोड्न लाई थाहा छैन जिबन मा कति चोट सहनु हो, यो मन को बेथा कसको समू गई कहनु हो, बुज्ने कोसिस गर न सानु मुटु दुखेको दुखेई भो,