श्रोताका पत्र


-सुनिल ढकाल
भद्रबास-४ काठमाडौँ हाल ग्वंग्जु, सौथ कोरिया

बाध्यता या रहरले परदेशमा रहनु भएका सम्पुर्णमा यो बिजया दशमीको हार्दिक मंगलमय शुभकामना सहित

गजल

किन हो घर को याद, आउँछ घरी घरी
... सपनीमा तस्बिर , छाउँछ घरी घरी

भुल्ने गर्थे सब, रम्थे आफ्नै दुनियामा
सबको माया आज पो , लाउँछ घरी घरी
सपनीमा तस्बिर , छाउँछ घरी घरी

बाध्यता हो या रहरले, टाढा हुँदा आज
सम्झनाको लहरले , सताउँछ घरी घरी
सपनीमा तस्बिर , छाउँछ घरी घरी

पुराना याद समेट्दै, परदेशी भाकामा
उहि बियोगको गित, गाउँछ घरी घरी
किन हो घर को याद, आउँछ घरी घरी
सपनीमा तस्बिर , छाउँछ घरी घरी


-लोकेश पुरी
टिकापुर कैलाली

सोचेथौ रावण भनि तर ममा राम थियो
छोडी गयौ चाडै तिमि किन कस्तो काम थियो
खोजि हिड्थ्य भिड भाड मा तिमीलाई नपाउदा
थाहा नै भयन त्यो बेला चर्को घाम थियो
चाहन्थौ त्यो बेला मलाई तिमीले
किनकि त्यो बेला मसंग दाम थियो
तिमीलाई पाउदा साच्है पागल पागल भयको थिय
साछी भन्नु पर्दा मा संग बेग्लै सान थियो



मेरो यो गजल बुलबुल को लागि अनुपयुक्त भयमा वाचन नगरिदिनु होला सकिन्छ भने यसमा भयका त्रुटी लाई सच्यौना के गर्नु पर्ला भनिदिनु होला धन्यवाद ]


-Dilip kumar Acharya
sonpur 5 phalkapur Dang

Hi Dada Namesta , Bulbul is my best program in media of whole Nepal. and your voice is very sweet .I not forget auchit brother voice. his presenting style is very good and very sweet .I pray to god this voice will listean in everyday many years.


By
Dilip kumar Acharya
Dang


-सुबेन बम्जन"सबु"
बुढानिलकण्ठ,काठमाडौँ! हाल-यु,ए,इ,दुबई

जान्छु भनी बिदा मागिन,हुन्छ भनिदिएँ,
हिजोभन्दा आज अली,भिन्न बनिदिएँ!

खुशीरहनु सधैंभरी यस्तै केके भन्दै थिइन,
तिमीलाई सम्झी कहिल्यैपनि रुन्न भनिदिएँ!

भेटौँलारे अर्कोजुनी,पुनर्जन्म पाएदेखी,
तिमीसङ्ग मेरो मिलन हुन्न भनिदिएँ!

बोलाउनुरे कहिलेकाही,भेट हुँदाखेरी,
हुन्छ तर तिमीलाई छुन्न भनिदिएँ!

जान्छु भनी बिदा मागिन,हुन्छ भनिदिएँ,
हिजोभन्दा आज अली,भिन्न बनिदिएँ!
सुबेन लामा"सबु" हाल,यु,ए,ई


-सुबेन बम्जन
बुढानिलकण्ठ,काठमाडौँ ,हाल,यु,ए.इ.दुबई

विश्वाश गर्दा बैगुनिलाई,आफै जालमा फसेँ हजुर,
माया गर्दा निर्मोहिलाई आफै छलमा परेँ हजुर!

हुन्न रै'छ भर आजकल,नखरमाउली ठिटिको,
अर्कैसँग देख्दा उनिलाई,आफै ट्वाल्ल परेँ हजुर!

माया भन्ने फेसन रै'छ,धोका पछी थाहा पाएँ,
धड्कन बड्छ उनकै यादमा,मत जिउँदै मरेँ हजुर!

निस्वार्थ प्रेम गर्दा मैले,बदलामा तिरस्कार पाएँ,
उजाड याममा पतकर जस्तै,हाँगाँबाट झरेँ हजुर!

विश्वाश गर्दा बैगुनिलाई,आफै जालमा फसेँ
माया गर्दा निर्मोहिलाई आफै छलमा परेँ हजुर!

सुबेन लामा"सँगित"यु,ए,ई