श्रोताका पत्र


-कुमार श्रेष्ठ \\\
रामेछाप,कठजोर-६ ,हाल साउदी अरब

तिम्लाइ देखी चन्द्रमा लुके जस्तो लाग्छ |
सगरमाथा लाज मानी झुके जस्तो लाग्छ |

लाखौ चोट पर्दा छेउमा आइ हाँस्दा तिमी
समस्याका साङ्ला हरु फुके जस्तो लाग्छ |

तिम्रो माया ब्याख्या गर्ने शब्द छैन कतै
तर मैले माया दिन चुके जस्तो लाग्छ |

उजाड बृक्षलाइ पनि पालुवाले ढाक्न
बसन्तले तिम्रो बाटो ढुके जस्तो लाग्छ |

झरी पर्दा तिम्रो साथ रुझ्न नपाउँदा
आकाशले रिसाएर थुके जस्तो लाग्छ |


-rabindra chaulagain
chhatiwan-6 makawanpur

गजल
मरेपछी फूल छर्ने मलामी बनाउदै छु
मेरो त्यागको कुरा गर्ने मलामी बनाउदै छु
म बिनाको समाज खल्लो लगोस न
जलाई मलाई बसाइँ सर्ने मलामी बनाउदै छु
दुई दिनको जिन्दगी सकेसम्म राम्रो बनु
बिदाई गर्दा आँखा भर्ने मलामी बनाउदै छु
गर्नेछु सकेसम्म अरुको लागिनै
मेरो स्वाद खोज्दै चर्ने मलामी बनाउदै छु
बाड्नेछु हरदम ज्योति आफु जलेर
नाम मेरो लिदै मर्ने मलामी बनाउदै छु
रबिन्द्र चौलागाईं
छतीवन -६ मकवानपुर
हाल- काठमाडौं
दाई म यो कार्यक्रम नियमित सुन्छु, निकै राम्रो लाग्छ।
आज मेरो एउटा गजल मेल गरेको छु आशा छ योग्य ठाने प्रस्तुत गर्नुहुनेछ ।


-नबिन (गाउँले)
स्थाई ठेगाना दानाबारी-८ इलाम /हाल COHED COLLEGE बिर्तामोड मा अध्यनरत

गजल

आज आयौ गित गायौ भोलि पनि आउनु
गाजल लगाई लाली धसी राम्री बनि आउनु

गैरी गाउँमा घर तिम्रो डाँडा गाउँमा मेरो
झर्छु पर्सि भेट्न उकालीमा कनि कनि आउनु

आमा बुबालाई खुशी बनाए गर्नु हुन्न गाली
त्यसका लागि तिमीले कोठेबारी खनी आउनु

लुकिछुपी गासौला माया अरुलाई पत्तै नदि
मेरी साथीकामा पढ्नलाई जान्छु भनि आउनु

तल चौतारीमा बस्दै गर्नु सिटि मार्छु तब
घरका जान्छन मेला त्यसपछि अनि आउनु


-D.B. 'Rahasya'
बिर्तामोड अर्जुनधारा-8

गजल


समयको कर्तब्य त बित्नु नै हो आखिर
नायकको भूमिका त जित्नु नै हो आखिर

निर्दोष बिरुवा उम्रियो भनि चट्टान पल्टीदैन
त्यो चट्टानको बाध्यता त थिच्नु नै हो आखिर

कोमलतामा चोट पुर्याउने काँडाको इच्छा हुन्न
त्यो काँडाको नियति त बिझ्नु नै हो आखिर

वर्षा पनि उड्न चाहन्छ हावाको बहावसंगै
हावाको रहर पनि त भिज्नु नै हो आखिर

फुललाई छुदा नि पोल्छ सिस्नु छोए जस्तै
रुप फूलको मन त त्यसको सिस्नु नै हो आखिर


-स्काई नवीन वस्नेत
इटहरी हाल दोहा कतार

उठाउ कान्छा टोपी तिम्रो,राष्ट्रियता बचाउन
लाउन कान्छी गुन्यू चोली,भाई बन्धु नचाउन ॥


दुश्मन हरु उठे जागे यतै,तिर लम्की लम्की
जाउ भाई हो बैरी माथी,गोर्खे लौरी भचाउन ॥


दिदैनौ लान यिन लाई,सुस्ता अनी काला पानी
सारा संसार साक्षी छ नी,दिेने छैनौ पचाउन ॥


धेरै बोले यिन ले यंहा,हाम्रो हित बिपरीत
उठौ जागौ नेपाली हरु,सीमा हाम्रो सचाउन ॥


उच्च शिर सगरमाथा,मुटु हाम्रो देश भयो
बुद्द हाम्रो देश कै हुन् ,सवै जाउ जचाउन


स्काई नवीन