श्रोताका पत्र


-N.p. Bhattarai
ilam

गजल
ह्रदय भित्र त्यो तिम्रो तस्विर सुटुक्क पसेछ
थाहा नपाइ कसरी कुन्नी माया पो बसेछ

मुहार एक दिन नदेख्दा तिम्रो तडपन्छ यो मन
दिनमा चैन पटक्कै छैन रातको निद हटेछ

प्रतिपल तिम्रै सम्झना आँउछ सक्तिन बिर्सन
जीवनका प्रत्येक नशामा नशामा तिम्रै प्रित बसेछ

पढनलाई बस्छु त्यो तिम्रो मुहार झल्झली देख्दछु
पुस्तकका सारा ति पाना भरि तिम्रै रुप खसेछ

थाहा नै नपाई मनको ढोका सुटुक्क खोलेर
मुस्कान तिम्रो ह्रदय भित्र पसि पो सकेछ


-N.p. Bhattarai
ilam

गजल
सबै स्वार्थि रैछन् यहाँ बाच्न धेरै गाह्रो पर्र्यो
जिन्दगीका बाटाहरु आक्न धेरै साह्रो पर्र्यो

सोचि रैथे जिन्दगी यो हाँसखेलमै बिताई दिन्छु
गह भित्र आँशु लुकाई हाँस्न धेरै गाह्रो पर्र्यो

एउटै थियो मनको माला थाहै नपाइ चुडिएछ
चुडिएको मनलाई फेरी गास्न धेरै गाह्रो पर्र्यो

जताततै अभिनय छलकपट कै हुदो रै छ
जिन्दगीको रगंमञ्चमा नाच्न धेरै गाह्रो पर्र्यो

हाँस्न खोज्छु नयनबाट आँशु त्यसै झर्दो रै छ
अधरको मुस्कानलाई साँच्न धेरै गाह्रो पर्र्यो

गजल
काँढाले पो घोच्छ भन्थे घोच्न थाले फूल
बिझेका छन् अंसख्य ति तिरस्कारका शूल

मानिसले मानिसलाई चिन्न छोडे पछि
भत्के जस्तो लाग्न थाल्यो मानवताको पुल

दोष छैन तर पनि रेटि दिंदा मन
डर लाग्छ सुक्ने हो कि मायाको त्यो मुल

आफ्नो सम्झी अरुलाई साथ दिदा मैले
बस्नु पर्र्यो अचानोमा हेर्दै टुल-टुल

जति गरे पनि कहिल्यै नहुने यो मान्छे
दिएर आफ्नो बनाउने नगर एन.पी.भूल


-सुनील spandan
bhaktapur

गजल
तोटक छन्द (बहरे हजज अखरव अवतर मुसद्दस) १२ अक्षर
स.स.स.स (।।ऽ.।।ऽ।.।ऽ ह् २) (मफऊल, मफा ह् २) रुक्नमा आधारित
।।ऽ ।।ऽ ।।ऽ ।।ऽ
नभए रहरै कसरी त भयो ?
नगएर घरै कसरी त भयो ?

एकआपसमा नमिली नमिले
लहरा लहरै कसरी त भयो ?

मनको मनुवा नबसी मनमा
मनको शहरै कसरी त भयो?

दिन हो सबको बसिगो भमरा
न त यो खबरै कसरी त भयो?

नगई नहुने वरकै घरमा
चलनै छ वरै ! कसरी त भयो ?

सुनील स्पन्दन, भक्तपुर ।


-Narayan prasad Bhattarai
ilam

गजल
सपनाहरु सजाएर राख्न सकिएन
गह भित्र आँशु लुकाई हाँस्न सकिएन

जिन्दगी यो किन होला अधुरो झैं लाग्छ
लक्ष सम्म पुग्ने बाटो खन्न सकिएन

उराठ लाग्छ जिन्दगी यो एक्लो हुनु पर्दा
आफन्तको ह्रदयमा बस्न सकिएन

चाहानाको संघारमा हुदो रै छ भिड
प्रेयशीको आँखा भित्र पस्न सकिएन

हाँस्न खोज्छु नयनहरु रोइदिन्छन फेरी
मुस्कान लाई अधरमा साँच्न सकिएन


-prakash basnet
रौतहट सन्तपुर


कर्कलाका पातमा पनि गजल लेख्छन् मान्छेहरु
कैले आफ्नै हातमा पनि गजल लेख्छन् मान्छेहरु ।

पिएर त गजल लेख्छन् पिउनु पनि पिडा नै हो
नपिएरै मातमा पनि गजल लेख्छन् मान्छेहरु ।

अचानक के के हुन्छ र्तिसएर स्वप्नबिच
ब्यँुझिएर रातमा पनि गजल लेख्छन् मान्छेहरु ।

हतमा लेख्छन पातमा लेख्छन रातैमा लेख्छन लेख्दा लेख्दै
तीता मिठा बातमा पनि गजल लेख्छन् मान्छेहरु । ०६४।०९।१७