श्रोताका पत्र


-बलबहादुर थापा
बागलुंग भकुन्डे १

मैले सुनेको गजलको पनि नीति नियमहरु छन् , ति नीति नियमहरुलाई पनि यो वेब साइत् मा राखेमा राम्रो हुने थियो


-कृष्ण khattri
हाल अमृतसर punjab india

हजुर यो बुलबुल कर्यक्रम हप्ता को हर बुधबार सुन्न सकिन्छा होला नि है


-अराज चालिसे वियोग
किर्तिपुर काठमाडौँ

एक्कैछिन् पर्ख है त सोच्न देउ मलाई
साहित्यले भित्र भित्रै घोच्न देउ मलाई

अनि बल्ल लेख्न सक्छु तिम्रो सिर्जना म
साहित्यका शब्दकोषले कोच्न देउ मलाई

दन्किराछ भित्र भित्रै ज्वालाहरु गुम्शिएर
अगुल्ठालाई फेरि पनि ठोस्न देउ मलाई

अराज चालिसे वियोग
किर्तिपुर काठमाडौँ


-अग्नेश Shree
बालाजु, Ktm

अस्ताउदा नी शान्ति हुन्छ ।

अस्ताउदा नी शान्ति हुन्छ,प्राण रुपि ज्योति आज
नभेटेकै गर्भ लाग्थो रच्छयानमा मोति आज

आखा भरी आसु लिई तिम्रै हु म भन्ने पनि
मोफसलमा बेचिने भएका छन् रोटी आज

कोमल न्यानो त्यो अंगालोमा कस्सिएर धेरै रोएँ
आफैलाई जिस्काउँछ यो आसुको कोशी आज

ठाँम कुठाँम वेचिएर रोपिएको प्रेम को नी
यो श्री लाई रोज्नु पर्ने भागी आफै छोडी आज

and second one अल्सो
पैसा टिप

कुमारित्वसग साटेर भएपनि
पैसा तिम्रो रहेछ सम्हालेर टिप

मनको सारा चाहानासग झुट बोलेर
कमाएको बहानामा पैसा टिप

स्वदेशमा एककान ....मैदान हुन्छ
विदेसिएरै भए पनि पैसा टिप

पैसा हुनेलाई सवभोक छ यहा
रिमझिम खुसीका लागि पैसा टिप


-गोबिन्‍द बानिया
पुलाचौर ७ म्याग्दी

एकल बैंश पात्तींदैन युगल तापलाई के भन्ने हो
अरुनको तिर फेवाताल हिउँको रापलाई केभन्ने हो

उत्सर्गको चरमचुली कुईरो भित्र महल बन्छ
आँधी हुरी बतासजस्तो बढ्ने चापलाई केभन्ने हो

आकाशका तारा झार्ने समुन्द्रका मोती टिप्ने
कल्पनाको लम्बाई र तेसको नापलाई केभन्ने हो

लगाम छिन्छ तृप्ति मिल्छ अनर्थचाहिं हाँस्न थाल्छ
बिजारोपण अनचाहे त्यो पापको छापलाई केभन्ने हो

जवानीको काट्टे जोशले दुवाथरीको होश निल्यो
पछुताउमा रुन बाध्य त्यो श्रापलाई केभन्ने हो