श्रोताका पत्र


-N.P. Bhattarai
Ilam, (Currently Kathmandu)

गजल
जहा घाउ लागेको छ त्यहि छुरी चलाउछौ
खरानी भै सकेको छु फेरी किन जलाउछौ

मेरो गल्ती केहि भए म सँग नै भन्दा हुन्थ्यो
किन अरु सँग मात्रै मेरो कुरा लगाउछौ

तिमी आफैं नाता जोड्छौ फेरि आफैं तोड्छौ
फेरी मेरै यादमा तिमी आँशु किन बगाउछौ

तिम्रो मेरो सम्बन्धनै छैन भनि हिड्छौ अरे
फेरी मलाइ भेट्न तिमी पाइला किन बढाउछौ

प्रेम के हो १ पूजा के हो १ तिम्लाई थाहा छैन भने
मन्दीरमा गै भगवानलाई फूल किन चढाउछौ


-अराज चालिसे
किर्तिपुर काठमाडौँ

दन्दनी चिता मा जलिरहेछ जिन्दगि
बिना तेल दियोमा बलिरहेछ जिन्दगि

खोइ कस्तो अर्धमृत अबस्ता मा छोडिदियो
छटपट छटपट यो चलिरहेछ जिन्दगि

घडी को सुइ उल्टो घुमे जस्तो लाग्छ
मधहोस यो बेहोसीमा ढलिरहेछ जिन्दगि

मरिसकेको नाङ्गो मृत त्यो लाश मा
ब्यर्थ यो नुनचुक दलिरहेछ जिन्दगि

भाग्य र कर्म ले दौडाउछ जिन्दगि लाई
तर पनि भाग्य देखि छालिरहेछ जिन्दगि

अराज चालिसे
किर्तिपुर काठमाडौँ


-N.P. Bhattarai
Ilam, (Currently Kathmandu)

गजल

बाँचुन्जेल तिमी सँगै कुरा गर्न पाए पुग्छ
अञ्जुलीमा तिम्रो माया सधैं भर्न पाए पुग्छ

संसारको सारा खुशी मेरो लागी केहि होइन
जहा जान्छौ तिमी त्यहि मैले सर्न पाए पुग्छ

जिन्दगीका अफ्ठ्यारा ति मोड अनि जंघारहरु
तिम्रै हात समाएर सधैं तर्न पाए पुग्छ

विधिको त्यो विधानमा भागवण्डा लाग्छ भने
युगौ युग मेरो भागमा तिमी पर्न पाए पुग्छ

खुशी छु म जिन्दगीमा अरु केहि चाह छैन
अन्तिम इच्छा तिम्रै काखमा हाँस्दै मर्न पाए पुग्छ

गजल
को हो आफ्नो को हो पराइ चिन्नै सकिएन
हेर्दै जाँदा आफ्नो भन्ने कोहि भेटिएन

मानवता बिर्सिएका मान्छेहरु जस्तो
सोझा साझा निमुखालाई कहिल्यै हेपिएन

जीन्दगीको मोल राख्ने दलालका बिच
चरित्रको पसल थापी कहिल्यै बेचिएन

दाउ बोकि हिड्ने सारा दानवहरु माझ
स्वार्थ बनि आफन्तको घाँटी रेटिएन

सम्पन्नता ओढे पछि बाटो बिर्सिएर
मानिसको टाउका माथि कहिल्यै टेकिएन

गजल
को हो आफ्नो को हो पराइ चिन्नै सकिएन
हेर्दै जाँदा आफ्नो भन्ने कोहि भेटिएन

मानवता बिर्सिएका मान्छेहरु जस्तो
सोझा साझा निमुखालाई कहिल्यै हेपिएन

जीन्दगीको मोल राख्ने दलालका बिच
चरित्रको पसल थापी कहिल्यै बेचिएन

दाउ बोकि हिड्ने सारा दानवहरु माझ
स्वार्थ बनि आफन्तको घाँटी रेटिएन

सम्पन्नता ओढे पछि बाटो बिर्सिएर
मानिसको टाउका माथि कहिल्यै टेकिएन


-अराज चालिसे
किर्तिपुर

देश को पिरले मर्छु अब
नेता भए म के के गर्छु अब

अरु त के सक्थे होला र
तर पनि भ्रस्टाचार गर्छु अब


-बिनोद भण्डारी
हालःपुल्चोक ईञ्जिनियरिङ क्याम्पस,घरःबुटळल,रुपन्देहि

कति भूल्न सक्छ्यौ मलाई,था हुनेछ हेर्दै जाउ
उति उति याद मेरा, आउनेछ हेर्दै जाउ

तनका भोगी हुन्छन् सवै,मबाहेक तिमीसँग
कस्ले पो दिलले माया,लाउनेछ हेर्दै जाउ

स्मृतीको तरेलीमा,मेरै यादले सताउदा
तिम्रो मनले पीडा कति?,पाउने छ हेर्दै जाउ

मलाई भूलें भन्दै तिमी,ती ओठले सुसेल्दानी
मेरै गीत तिम्रो मनले,गाउनेछ हेर्दै जाउ

मथेर पो चिन्ता गर्ने,तिम्लाई दुख पर्दाखेरी
ख्याल राख्न अव को पो?,धाउनेछ हेर्दै जाउ

भेटीएनी कोही अरु,आफ्नो स्वार्थ पूरा गर्न
तिमीलाई मियो बनाई,दाउनेछ हेर्दै जाउ