श्रोताका पत्र


-दुन्डी बैरागी
जुम्ला खलंगा कर्णाली

मृत्युसंग लड्न मन छ मलाई
परे सुली चड्न मन छ मलाई
कति दिनु निमोटना यो गर्दन
जुर्मुराइ बढ्न मन छ मलाई
चडी काल को उच्च शिखर यहाँ
विजयी भै झर्न मन छ मलाई
के रोकला आशुको भेलले अब
सागर त्यो तर्न मन छ मलाई
सक्दिन देखन अबोध चेहरा
जिती मृत्यु मर्न मन छ मलाई


-सुबिन चालिसे
काठमाडौँ नेपाल

जुगौं सम्म नर्क पर्ने पाप भो जिन्दगि
बिच बाटोमा थापिएको धराप भो जिन्दगि

शितलता खोज्दाखोज्दै भौतारिएं एताउता
चिता सङ्गै जल्यो मन राप भो जिन्दगि

अल्झिए म हराएकि कतै टाढा पुग्दा
एता गए न उता भए काप भो जीन्दगि

सुबिन चालिसे
काठमाडौँ नेपाल


-प्रवीण बानियाँ
शब्दघरताप्लेजुङ

गजल१३९

प्रवीण बानियाँ
मलाई मात्रै थाहा छ पीर जिन्दगीको
चढ्न कति गाहो छ भिर जिन्दगीको ।

रुनु मात्रै जिन्दगीको सार भएको छ
कहाँ छ र उच्च यहाँ शिर जिन्दगीको ।

कैले बग्छु मेचीसँग, कैले कालीसँग
कहाँ पुग्दा भेटिने हो तीर जिन्दगीको ।

धेरै हिडें बाटाहरु, लडें धेरै चोटि
ख्वै ! कहाँ उनिएछ झिर जिन्दगीको ।

शब्दघरताप्लेजुङ


-कारण अभागी
नेपाल

म पिइरहेछु
म खिइरहेछु

एक्लो जीवन यो
म जिइरहेछु

एक्लै मन्द मुस्कान
म दीइरहेछु

कसैको नाम तेहा
म लीइरहेछु

फाटेको मन
म सिइरहेछु
दाई यो मेरो पहिलो प्रयाश हो एस्लाई बचन गरिदिनु होला मिल्ने भए .
कारण अभागी
नेपाल


-आक्रान्त चालिसे वियोगी
किर्तिपुर काठमाडौँ

हो तिमीलाई सम्झिएर पिए
मध्येरात मा बुझियेर पिए

सबै जाने मैले जीवन र मरण
जिउदै जिउदै आखिर खिएर पिए

सम्झिदा पनि आत्ति मिठो लाग्छ
तेस्सैले तिम्रो माया सम्झिएर पिए

सुनसान सहर को सुनसान रात
रात मा सिरानी भिजाएर पिए

अच्युत दाई जिन्दगि को गाडी ले आफु लै कसरि चलौछा तेसरी नै चल्नु पर्छ त्यो ठिकै पनि हो तर चलाउन गरि रहेछा तेस्सै ले तपाइको मुखारबिन्द बाट यो गज़ल बचन भएको सुन्न चाहन्छु सक्नुहुन्छ भने यो गज़ल बचन गरिदिनुहोला . बचन भए मा आभारी हुने थिए please मेरो नाम नाभानिदिनु होला आक्रान्त वियोगी भनिदिनु होला . thank you
आक्रान्त वियोगी
किर्तिपुर काठमाडौँ