श्रोताका पत्र


-apsara adhikari
गोठाटार, kathmandu

गजल

तिम्रो जस्तो पापी मनमा भय किन हुन्थ्यो
जिन्दगीको खोटो यात्रा तय किन हुन्थ्यो

बेहोसी मै ढलें म त सुख मिल्ने आशमा
सुरु बिना ताल आखिर लय किन हुन्थ्यो

अपमानित गरेपनि माथि पुग्यौ तिमी
होइन् भने आज तिम्रो जय किन हुन्थ्यो

संसार सामु मरिसकिस भन्थ्यौ यसैगरी
दिलको पीडा अन्तै भए हृदय किन हुन्थ्यो
अपु मञ्जरी, गोठाटार


-पागल यात्री
चाबहिल, kathmandu

गजल
म खोजिरहेछु ।
म सोधिरहेछु ।

कहाँ कसको,
म रोजिरहेछु ।

जान्दिन र पनि
म भोगिरहेछु ।

अप्ठेरो छ हेर,
म बोकिरहेछु ।

नजानेरै सायद
म पोखिरहेछु ।
पागलयात्री, चाबहिल


-सुनील spandan
bageswori

गजल
तिम्लाई आफ्नो ठान्दाठान्दै, रुवायौ नि कठै !
कोमल मुटु जान्दाजान्दै, रुवायौ नि कठै !

कत्ति सारो छियाछिया पायौ सानो मन
तिम्रो वचन मान्दामान्दै, रुवायौ नि कठै !

कुदृष्टिले हेर्छ मान्छे, आँखा फुटेपछि
लक्ष्मणरेखा तान्दातान्दै, रुवायौ नि कठै !

कोही होला लिलामीमा, आफैलाई बेच्ने ?
गृहस्थी यो धान्दाधान्दै, रुवायौ नि कठै !

सुनिल स्पन्दन
वागेश्वरी ३, भक्तपुर


-mina ओली
पंक ३ surkhet

आती राम्रो लाग्छ .धेरी सुन मन लाग्छ .


-क्फुनोफ्क्ल
चाबहिल, काठमाडौँ

गजल

पारो जिन्दगी ।
चारो जिन्दगी ।

मृत्युको सधैं,
तारो जिन्दगी ।

श्वास मात्र हो,
कमारो जिन्दगी ।

मानव चोला,
छारो जिन्दगी ।

फाइदा लिऊ,
उधारो जिन्दगी ।
पागलयात्री