श्रोताका पत्र


-कृष्ण के श्रेष्ठ "काल्स"
भिमेश्वोर ३ दोलखा नेपाल हाल योकोहामा जापान

मै संगपो बिहे गर्छु भन्छे किन होला
हैन भने झुन्डेर मर्छु भन्छे किन होला

नभएनी यो आगनीमा प्रेमरुपी दुबोहरु
रमाईरमाई वरिपरी चर्छु भन्छे किन होला

अप्सरा सुहाउन्न म संग भन्दा पनि
मेरै मनमा डेरा सर्छु भन्छे किन होला

माया यो भेल हो बगाएर लग्ला भनि
सम्झाउँदानी एकलै तर्छु भन्छे किन होला

जेगरेनी उनीलाई ज्याइकुटी नपारेमा
अपहरण गरेरनी हर्छु भन्छे किन होला


-मिलन"बिछोड" बुढाथोकी
चानुवा,४ धनकुटा, हाल इटहरी सुनसरी

मधुर ध्वनिका धनि आदरणीय अचुत दाई
सब्दाले साहित्तिक अविवादन .
म नियमित सुन्छु यो प्रोग्राम लेखने मन थियो पहिले देखि l आज जुरेछ क्यारे,पुर्वान्चल को इटहरी मा बसेर सुन्छु तपाइलाई हरे साझ , अनि सम्झिन्छु जन्म भुमि धनकुटा को चानुवा जहाँ, म तोte बोलि बोल्न र लड्दै हिड्न सिके l अनि कताकता ति आमा को याद ले चस्स घोच्छ जसले मलाई यो संसारमा पाइला टेकliन र आदर्समा बाच्ने साहस दीन l खै के जादु छ तपाइको बोलीमा म आफु आफै भित्र हराउछु बुलबुल को रात्री बसाइमा l कल्पनाका बिसाल महल बनाउदै गरेको हुन्छु, बिउझादा बुल्बुल्को कारुणिक आवाज का साथ, म हुन्छु l हरेक बुल्बुल्का रात मेरा लागि प्रिय हुन्छन l चाडै नै बुलबुल लाई गज़ल कोसेली पठाउदै छु अनि जादुगरिको आवाजमा सुन्ने प्रयास गर्छु है त ? अहिले ओझेल पर्छु उही सब्द दुनियाको सारथी " मिलन बिछोड बुढाथोकी "


-गणेश राना 'क्षेणिक'
विरेन्द्रनगर सुर्खेत

फुटबल जित्नलाइ गोल चाहिन्छ
तेल पेल्नलाइ कोल चाहिन्छ ।।

गाउँनै झलमल पार्छु भन्छन
विजुली बाल्न तार र पोल चाहिन्छ ।।
...
किसानको दुख हेरेर गाउँमा
उत्पादित वस्तुको मोल चाहिन्छ ।।

बेहुली भित्राउन त्यतिकै हुन्न
जन्ति बाजा र ढोल चाहिन्छ ।।

क्षेणिक मायाको नाटक नगर
मायामा विश्वासको खोल चाहिन्छ ।।


-पवन मगर
घरबारीटोल, नेपालगन्ज-२, बाँके

प्रीत गहिरो पुरानै कहानी नौलो भएर बसेछ !
बात अधुरै रातको, बिहानी स्वप्निल बनेर बसेछ !!

चन्चल ओठ मुस्काउदा युग बित्छ शनै शनै !
मायाको रङ हजार, हजार पुतली रमेर बसेछ !!


जिउनुको अर्थ खोज्दैमा बितेछ जीवन कत्तिको !
हराएर जीवन प्रीतमा कोही, जीवन्त मरेर बसेछ !!


लुकामारी खेल्दै जुन सुख दु:ख गाउछ रित यहाँ !
अङ्गालोमा बेरिई युगल, स्वर्गिय आनन्द रचेर बसेछ !!

अँधेरीमा रम्दै निशा मदमस्त घुम्छिन 'पवन'सँग !
हरपलमा युग अटाउदै चखेवा, प्रीतमा संगीत भरेर बसेछ !!


-जय प्रकाश पौडेल
सोनपुर-८-सुनडबारी , देउखुरी , दांग,राप्ती ,Nepal

दाई नमस्ते म देउखुरी FM १०५.८ mhz मा गजल पुन्ज कार्यक्रम चलाउछु . मलाई गजल को बारेमा जान्न मन लागेकोछ / मैले धेरै पुस्तक पसल , धेरै व्यक्ति हरुसंग गजल को बारेमा लेखियको लेख पुन सकिन हजुर संग भय मलाई सानो सहयोग गरिदिनुना गजल को बारेमा लेखियको मेरो मेलमा पत्हैदियामा आभारी हुनेथिय / म देउखुरी FM को technician पनि हु.....मैले गजल पुन्ज र उनको यादमा कार्यक्रम चलाउछु///यति भन्दै आजलाई बिदा लिन चाहन्छु .........हवस्त नमस्ते