श्रोताका पत्र


-कृष्ण के श्रेष्ठ "काल्स"
भिमेश्वोर ३ दोलखा हाल जापान योकोहामा

नया वर्षको उपलक्ष्यमा सम्पूर्ण बुलबुल परिवारमा हार्दिक मंगलमय शुभ कामना

खुसि अनि उमङ्ग छाउँछ रे यो सालमा
विदेश गाको छोरो आउँछ रे यो सालमा

मिलिजुली एकभई नेपलिसब मिल्दाखेरी
कोइलीले मिठो गित गाउँछ रे यो सालमा

गरिबलेनि नयलुगा अनि खान पाउँदा
चहकिलो घाम पनि उदाउँछ रे यो सालमा

अशान्त बनाकोथ्यो युद्धले बुद्ध भुमि तर
बुद्धयुद्ध दुवैले मित लाउँछ रे यो सालमा

अपहरणमा पर्छ भनि गाउँ नफर्कनेहरु
आफन्त संगै दशैं मनाउँछ रे यो सालमा

नेपाली सब खुसीले रमेको दिन देख्दा
भगवानले राम्रो आशिष पठाउँछ रे यो सालमा


-गोबिन्‍द प्रसाद न्यौपाने
जल्पा ५ पाल्पा नेपाल हाल दम्माम सादिअरिबा

आदै गरेको नव बर्ष २०६७ को उपलक्ष्यमा हार्दिक मङ्गलमय शुभकामना। साथै नवबर्षले बुलबुल लगायत सम्पुण नेपालि दाजु भाइ दिदि-बहिनि हरुमा नया जोश जागर र उमङ्ग ल्याओस। बुलबुलको उत्तत्र-उत्तत्र प्रगतिको कामन गर्छु।

सानो गजल

दश बर्ष युध्द गरे कति जनता मारे हजुर।
कतिको त घरबास छैन कति बसाइ सारे हजुर।।

यहां सधै नेताहरुको खिचातांनि नाताबाद र कृपा बाद।
केहि गर्छु भन्ने जल्दा बल्दा युवा जति सात समुन्द्र तारे हजुर।।

आफना देशका शिक्षित जनता पठायर बिदेश मा।
नेपाल लाइ बिदेश बाट डक्टर पाइलट पेलेनबाट झारे हजुर।।

कति सम्म सक्छोउ खेल नेताजिहो कुर्सिको यो फोरि खेला।
भत्ता भयपुग्ने उन्लाइ सम्बिधानको त कुरैछैन दोधारैमा पारे हजुर।।

यति लामो दुबर्षको समयमा गरे सदै सत्ताको नै लुछाचुडि।
सुन्छु कुरा सम्बिधान बनाउनुला अजै समय थप्ने अरेअ हजुर।।

दश बर्ष युध्द गरे कति जनता मारे हजुर।
कतिको त घरबास छैन कति बसाइ सारे हजुर।।


-गोबिन्‍द प्रसाद न्यौपाने
जल्पा ५ पाल्पा नेपाल (हाल दम्माम साउदी अरबिया

आदारणिय कार्यक्रम सन्चालक ज्यु मा सुमधुर प्यारकासाथै न्यानो अबिबादन। दाजु यो मेरो पहिलो प्रयासहो यदि कार्यक्रम सँग्ग मिल्दो जुल्दो लागेमा प्रसाण गरिदिनुहोला।

सपनिको माया!!

सपनिमा आँउने तिम्लाइ बिपनिमा कैले पाउँछु।
नसताउभो अब मलाइ चोखोमाया तिम्लाइ लाउँछु।।

खोल ओठ बोल तिमि हुन्छमात्र भनिदेउ।
सारा रित पुर्यायर जन्तिलिइ तिम्लाइ लिन आउँछु।

लजायर नबसन मारुनिझै नाच तिमि।
पिरतिका सारा कुरा सोरठिमा मैले गाउँछु।।

साथ दियैभने मात्र तिम्ले पुराहुनेथ्यो सपना।
सुन चँदिले हैन सानु पिरतिले तिम्लाइ छाउँछु।।

अति भयो अबत केहिकुरा खोलन।
तिमि पनि भन आज चोखोमाया तिम्लाइ(मैलाइ) लाउँछु।।


अन्तमा
जननि जन्मभुमि स्च सोर्गादपि गरियसि।
जन्म दिने आमा र जन्म भुमि सोर्ग भन्दा उच्च हुन्छ।
भन्ने वाक्यम्सलाइ आत्मसाथ गर्दै
मेरि जन्मदिने आमा,दाइ भाउजु दिदि,बहिनि,साथै मलाइ गोविन्द भनेर चिन्नुहुने स्वदेश तथा बिदेशमा रहनुहुने साथि हरु लगायत सम्पुण फेसबुक का साथि हरुमा सुमधुर प्यारका साथ मिठो सम्झना व्याक्त गर्नचाहान्छु।

गोविन्द प्रसाद न्यौपाने "भाबुक"
जल्पा ५ पाल्पा नेपाल नेपाल
हाल दम्माम साउदि अरबिया।


-नरेन नगर बि
लक्ष्मीपुर-५, नामुनाबस्ती,ईलाम हाल- मलेशिया

गजल
शुन्य भयो यो बनपख तिमीले छाडेर गयौ
फुल रोप्ने यो मुटुमा तिर गाडेर गयौ

तिम्रै खोजि गरिरछानन यहाँ छरछिमेकी पनि
मन अन्तै सारे पनि सबलाई माया बदर गयौ

तिम्रो चोटमा विभत्स भै दुखने गर्थ्यो दिल
एकै बचन नभनेर यो मन bhader गयौ

गोडमेल गर्नु कता-कता पानि नै लायानौ
पलाई रहेको प्रेमको मुना फादर गयौ

सुनको हारले सजिने चाह गरेछौ तिमीले
आखिर मेरो यहि गल्तीमा तिमि Tader गयौ


-सुबास अम्बोटेली
उदयपुर पूर्व नेपाल

बाल्यकालमा चरणको बाटो यही थियो
कस्तो लेखा मिलन अनि फाटो यही थियो

कति मिठो आहा ! तिम्ले बनाएकि खान्की
तिउन र च्याख्ला पाक्ने माटो यही थियो

दोभानले पाखालेका चिप्लेटिका ढुंगा
हाम्रो लागी ढिकी अनि जातो यही थियो

सृंगारिन्थेउ दुलहीझैँ कैले बन्थेउ लाटी
तिम्रो लागि दुलाहा र लाटो यही थियो

लहरामा फैलिएका भोर्ला का यी पात
पिपिरीलाई बाजा अनि छातो यही थियो
-सुबास 'आम्बोटेली'