श्रोताका पत्र


-केशु विरही

संपादक ज्यु नमस्कार ।
तपाईको पत्रिकृया पाएँ ज्यादै खुशी लाग्यो । म व्लग वा वेभसाइटको वारेमा त्यति विज्ञ पनि परिन । त्यसैले व्लग भन्ने संज्ञा दिएको हु । मेरो गजलको बहस संवन्धी अवधारणा पत्र राखिदिनु भएकोमा धेरै धरै धनयवाद । जस्ले गर्दा अव वुलवुलको माध्यमबाट लाखौ पाठकले पढ्न थाहा पाउनुहुनेछ भन्ने मैले आसा लिएको छु । तर मैले यहा तपाईहरु संग अर्को अनुरोध पनि गर्नु परेको छ । यो अवधारणा पत्रमा केही सुधार तथा परिष्कार गर्नु पर्ने भएको छ । धेरै मित्रहरुले यो अवधारणाले बहरलाई अलि वढि स्थान दिन खोजोको होकि । बहरको ओकालत गर्न खोजेको पो हो कि भन्ने जिज्ञासाहरु वाराम्वार आउने गरेका छन । हुन त म यसवारेमा प्रष्ट छु कि यो अभियानले कुनै एक पाटोलाई मात्र उठाउन खोजेको वा बहरको ओकालत गर्न भने पक्कै खोजेको होईन । यो प्रष्ट हो कि यो अभियानले नेपाली गजललाई उठाउन खोजेको हो नकि एउटा पाटोलाई मात्र । गजलमा बहरको वारेमा लयको वारेमा त त्यसै पनि कुरा उठिहाल्छ नै । लय वा बहर विनाको गजलको परिकल्पना पनि त गर्न सकिदैन नि । यसो भनेर मैले बहरको वारेमा प्राथमिकता दिएको पनि होइन । र म कुने बहर वादी वा बहर विरोधी पनि होइन । हु त मात्र गजल प्रेमी । मात्र यो मेरो गजल प्रतिको प्रेम मात्र हो । गजल प्रतिको झुकाव मात्र हो । तै पनि मै तमाम गजल प्रेमीको वीचारलाई ध्यानमा रोखेर यो अवधारणालाई परिमार्जित गरेको छु । अझ प्रष्ट पार्ने काम गरेको छु । नया तथा परिमार्जित अवधारणालाई राख्न मिल्छ या मिल्दैन । यदि मिल्छ भने मात्र । म उत्तरको आसामा छु । यदि मिल्छ भने यो परिमार्जित अवधारणा पत्र संप्रेषण गर्ने छु । हवस्त उही तपाईको सुभ चिन्तक ।
केशु विरही


-केशु विरही
नेपाल गजल प्रतिष्ठान

एउटा सुन्दर व्लगको लागि धन्यवाद ।
संपादकज्यु नमस्कार । तपाईहरुले संचालन गर्नु भएको यो व्लग ज्यादै उपयुक्त भएको महसुस गरेको छु । यो ज्यादै सह्रानीय कामको सुरुवात गर्नु भएकोमा धेरै धरै धन्यवाद पनि । मलाई पनि तपाईहरुको महान कार्यमा समाहित हुन मन लागेको छ । खुशी लाग्यो । व्mग निर्माणमा आज भोलि ठूलै प्रगति भाछ । यो हाम्रो लागि खुशीको कुरो हो । यस व्लगमा गजल र अनुरोध मात्र राखिने हुन कि हुन कि गजल संवन्धी लेख पनि समावेश गरिन्छ । यदि गरिने भएमा मैले संचालन गरेको गजल संवन्धी बहसको अवधारणा पत्र संप्रेषण गर्ने नै छु । यदि यसो भएमा यो मेरो अभियानमा ठूलो सहयोग मिल्ने थियो भन्ने सोचेको छु । हुन त मैले यस भन्दा पहिला अच्युत जीलाई वुलवुलको ठेगानमा पठाएको थिएँ । धन्यवाद ।
केशु विरही
नेपाल गजल प्रतिष्ठान
====================================================
केशु विरही जी,
तपाईंलाई धेरै धेरै धन्यवाद  । सर्ब प्रथम त म यो भन्न चाहन्छु कि बुलबुलअनलाइन डट कम ब्लग नभएर एउटा पूर्ण वेब साइट हो । ब्लग र वेब साइट मा धेरै फरकहरू हुन्छन । यो बुलबुलअनलाइन डट कम सम्पूर्ण बुल्बुलियनहरूको साझा चौतारी हो यसमा सितलता महसुस गर्नु हुने जो कोहीलाई हामि स्वागत गर्दछौ । यसलाई हामीले बुलबुल रेडियो कार्यक्रम संग जोडेर प्रस्तुति गरेपनि यो पूर्ण रुपमा नेपाली गजल र यसको उत्थान अनि यसको साघुरो घेरालाई फराकिलो पार्ने काममा सधै समर्पित नै रहनेछ । यो वेब साइट अच्युत जी को प्रत्यक्ष सहयोग र मेरो एकल प्रयासले बनेको हुनाले यसमा बिषयबस्तु को हिसाबले केहि अपुरो छ यहाँहरु जस्ता गजल प्रेमी र गजल स्रस्टाहरूको साथ र सहयोग भएमा यसलाई अझ परिस्कृत र गजल प्रेमीहरुको साझा चौतारीको रुपमा परिणत गर्ने मेरो प्रयाशले पनि सार्थकता पाउने थियो. तपाईंसंग उपलब्ध सामाग्रीहरु मलाई पठाईदिनु भएमा मा सहर्स त्यसलाई स्थान दिने नै छु । कृपया सुझाब एवं सल्लाह दिएर सहयोग गर्नु हुने नै छ भन्ने आशा लिएको छु ।

शिव खनाल
वेबमास्टर
बुलबुलअनलाइन डट कम


-कृष्ण के श्रेष्ठ काल्स
भिमेश्वोर नगरपालिका ३ दोलखा, हाल योकोहामा जापान

अच्युत दाई नमस्कार

आशा छ यो गजल प्रसारण हुन्छ भनेर

रातो चन्द्र सुर्य झन्डा के फर्फरायौ र परदेशमा
सयौ फूलको थुंगा हामी के गायौ र परदेशमा

परिवार र देश छाडी जिउदा एक्लो तिमि
आमाको न्यानो माया के पायौ र परदेशमा

भोक लाग्दा रोइकराई चिच्याउने तिमि छोरो
मैले भुटया मकै भटमास के खायौ र परदेशमा

पैसाको लोभमा परि विदेशको विकास गरि
आफ्नो देशको चुहिया छानो के छायौ र परदेशमा

रोइराछन् नेपाली यहाँ दुखः अनि पिडा भोग्दै
आँसु पुछ्ने रुमाल किन्न के धायौ र परदेशमा

गोरु जोतेसरी जोति रापिलो घाममा पनि
न शिक्षा पायौ न धन के कमायौ र परदेशमा


-जीतमन राई
लक्ष्मीपुर-5, नमुनाबस्ती, ईलाम, हाल- मलेशिया

अच्युद दाई
नमस्कार, फेरी पनि मीठो सम्झना,
प्रवासमा आराम chhau खुसीको कुरा यहाँ पनि
bulbul कार्यक्रम sunna पाउदा khusi लागेको छ.
दाइलाई धेरै_धेरै धन्यबात


-बिनम्र सिलवाल
धादिंग

अच्युत जी तपाइको हिन्दी गजल नबजाउने निर्णय ले म जस्ता धेरै श्रोता दुखित छौ .
गीत सङ्गीत को कुनै सीमा हुदैन भन्ने कुरा हजुरले पनि बुझ्नु पर्ने हो.
धन्यवाद