श्रोताका पत्र


-प्रज्वल जुङ्ग राणा
दुबई

पिरती नगर भित्र पसायौ तिम्ले
मलाई दिलको कुना बसायौ तिम्ले

रमाएको थिए म आफ्नै संसारमा
प्यारको सुन्बुट्टे जालमा फसायौ तिम्ले

नाटकै त्यो सही माया गरेकी थियौ
मेरो नयनबाट आसुँ खसायौ तिम्ले

भुल्नै नसकिने अनगिन्ती चोट दियौ
लीलाई रचयौ प्यारी दुनियाँ हसायौ तिम्ले।

प्रज्वल जङ राणा


-आशिष खनिया
नयबज़र, काल्धरा काठमाडौँ

दोबाटोमा धेरै भेटे छान्न अल्लि गाह्रो भयो
चिल्ला कुरा गरेउ विश्वास मान्न अल्लि गाह्रो भयो

अनुहारमा एउटा भाब बोलि बचन अर्कै थियो
तिम्रो मनको भित्री राज जान्न अल्लि गाह्रो भयो

सम्बन्दको डोरी हाम्रो कम्जोरनै रै६ क्यारे
टाडा बस्येउ नजिकतिर तान्न अल्लि गाह्रो भयो

बुझेपनि इसारा ति नबुझेझैँ गरि बस्दा
नजरको तीरले तिम्लाई हान्न अल्लि गाह्रो भयो

दाइ मा यस कार्यक्रमको नियमित श्रोता हु जबजब उज्यालो नायेंटी नेटवर्कले बुल्बुल्को समधुर धुन बजाउ६ तब मेरो मनमा एउटा जोस उत्पन्न हुन६,एउटा स्वच्छ समधुर आवाजको लागि मन लालायित हुन६ आबाज सिधै मुटुमा गड्न पुग६, धेरै गजल्प्रेमी मित्रहरुको रचना हरु सुने र मैलेपनि गजल लेख्ने हौसला पाएर गजल संप्रेसित गरेको छु आसा छ मेरो पत्रलाई पनि एस्थान दिनुहुन्छ होला


-आशिष खनिया
नयाबजार

आज राति आमा तिमि कराएको देखे मैले
नेपालको अस्तित्वनै हराएको देखे मैले

हिंसा द्वन्द अत्याचारमा खेल्दै थिए होलि अनि
सबले सबको रगत पिउदै डराएको देखे मैले

हिजो सम्म शान्ति बिगुल फुक्दै हिड्ने गौतम बुद्द
तरबार अनि हतियार मन पराएको देखे मैले

सबै जना सुतेकाथे मस्त निन्द्रा लगिकन
विदेशीले सिमा विस्तार गराएको देखे मैले


-ramkrishna poudel
bharatpur-13,kailashnagar

(सवाल जबाफ )

भरतपुर रामकृष्ण पौडेल ''अनायास''
गजलकुञ्ज भरतपुर
(सवाल)

यता माया टुटायर पराई संग जोड्यौ आखिर
नचाहादा नचाहादै सम्बन्ध लाई तोड्यौ आखिर

अन्तिम चोटि भेट्छु भन्दै पारिबाट आउदै थिए
वारी हुदै बेशी बाटै आउने बाटो मोड्यौ आखिर

आज तिम्रो बियोग मा छट्पटिदै भुइमा लड्दा
सिउदोमा एक धर्को सिन्दुरले कोर्यौ आखिर

संगै बाच्ने संगै मर्ने मुटु यौटै थियो भन्थ्यौ
नशा बाटै छुट्याएर त्यै मुटु नि छोड्यौ आखिर


जवाफ
C RU Silwal
गजलकुञ्ज भरतपुर

मुटुमाथि ढुङ्गाराखि सम्बन्धलाई तोड्नु पर्यो
नचाहँदा नचाहँदै अन्तै नाता जोड्नु पर्यो

आउँछौ भनि तिम्रै बाटो हेरि बसेँ बर्षौ बर्ष
न खबर न मान्छे बाटो अन्तै मोड्नु पर्यो

म पनि त बेहोशीमा छटपटिदा छटपटिदै
खालि सिउँदो भरेपछि घुम्टो पनि ओढ्नु पर्यो

सँगै बाँच्ने सँगै मर्ने बाचा कसम टुटेपछि
वियोगमा चिच्याउँदै आफ्नै मुटु छोड्नु पर्यो




(सवाल)
भरतपुर रामकृष्ण पौडेल ''अनायास''
गजलकुञ्ज भरतपुर

तप्प-तप्प अश्रुधारा चुहाएर गयौ
मलाई छाडी त्यै आँसुले नुहाएर गयौ

गुमाउनु पर्दा मुटु पोल्छ भित्र भित्र
तेसै बेला कोमल मुटु छुवाएर गयौ

खुशी हरु एकाएक बिछोडमा भुल्दा खेरि
बेदनाको चर्को पिडा लुकाएर गयौ

नछुट्टिने साइनो हाम्रो छुटायर जादा
जाने बेला टिलपिल आँसु सुकाएर गयौ


जवाफ
C RU Silwal
गजलकुञ्ज भरतपुर

बलिन्धारा आँशु खस्यो तिमीसँग छुट्दाखेरी
शरीर पुरै भिज्नपुग्यो आँशुको मूल फुट्दाखेरी

म पनि त वेचैनीमा छटपटिदै बसेकी छु
दुई मुटुलाई छुटाउन सारा समाज जुट्दाखेरी

वेदनाको चर्को पिडा लुकाई जान बाध्य भएँ
विछोडको पलमा सारा खुशीहरु लुट्दाखेरी

आँखाको त्यो डिलबाट आँशु खस्नै लाग्दा पनि
लुकाउन बाध्य भएँ सारा साइनो टु्टाखेरी

गजलकुञ्ज भरतपुर



-बिबेक दाहाल (सम्राट)
हरिपुर ८ ,सर्लाही

पारि पट्टि किनारमा, एउटा बुडो ढलेको थ्यो
रचेको रहीछ विरहको गीत, चोट निकै परेको थ्यो

जीवन त छ मसंग तर, जीवनसाथी छैन आज
तेसैले त होला उ सिनो सरि सडेको थ्यो
अलि अलि बिस पिउदै दिनदिनै उ गलेको थ्यो
पारी पट्टि किनारमा तेइ मानिस ढलेको थ्यो

पिलाएर प्रेमको नसा कहाँ बिलिन भइ था छैन
पलपल उनकै यादमा भित्र भित्रै जलेको थ्यो
भन्दै थ्यो एउटा मानिसले चोखो प्रेम गरेको थ्यो
पारी पट्टि किनारमा तेई प्रेमी ढलेको थ्यो