श्रोताका पत्र


-लछुमन खड्का
America , Virginia , Richmond

नाम मेरो लछुमान
खड्का मेरो थर।
अमेरिकामा बस्छु
भुटान मेरो घर।


कस्तो फुल रोजे मैले
टिप्दै नोटिपी ओईली जाने।
कस्तो प्रेमीका रोजे मैले
बोल्दै नोबोली पोइला जाने।


फुल टिप्न सिक
हागा भाचेर होइन।
प्रेम गर्न सिक धोका
दिएर होइन।


कोइ भन्छन भुटान जानु आन्धोलन गर्न हो।
कोइ भन्छन भुटान जानु जिग्मेलाई गोली ठोकनु हो।
कोइ भन्छन भुटान जानु जेग्मेको टुपी उखाल्नु हो
तर म भन्छु भुटान जानु पोइला गएको श्रीमती लोग्नेले फर्कार लानु हो।


खाता किताबलाई जोला।
खेतलाई खोला।
बुडीआइमोइ लाई चौबन्दी चोला।
गल्ती भए माफ गरी दिनु होला


-जीतमान राई 'सबिन'
लक्ष्मीपुर-५, नमुनाबस्ती, ईलाम, हाल- मलेशिया

गज़ल

पहाड बोल्छ तराई बोल्छ माटो बोल्दो रैछ
हिड्दा-हिड्दै पाइलासंग बाटो बोल्दो रैछ

कहिले सम्म सहने हो अन्यायका चोटहरु
दुख्दा-दुख्दै घाउसंग खाटो बोल्दो रैछ

बेथिति र कुसस्कारले जरा गाडीसक्यो
अचम्मै भो हाम्रो देशमा लाटो बोल्दो रैछ

जिन्दगीका विगतहरू सम्हालेर पढौ भन्छु
पल्टिएर फेरी अर्को पाटो बोल्दो रैछ

जीतमान राई 'सबिन'
लक्ष्मीपुर-५, नमुनाबस्ती, ईलाम
हाल-उदाउदो तारा साहित्य समाज,
पेनांग, मलेशिया


-deepak anjaan udasi
palpa,khyaha-9 bhulkhola pokharamuni hal kuwait

नदेखेरै माया बसेको छ कालीसँग
मेरो दिल को बगैचा को मली सँग saano chha tara parsarad giri dinu hola ra by mistake maaali ko satta mali bhayeko chha maali bhani padi dinu hola.ani mero ghar pariwar le sundai gare ko bhaya ma aarami bhaye ko janakari garaauna chahaanchhu


-सुषमा घिमिरे
हाल-नयाँ बानेश्वर।स्थायी-खैरेनीटार, तनहुँु

तिमी छैनौ एक्लै यहाँ बाच्नै गाह्रो भाछ मलाई

जीन्दगीको कठीन यात्रा काट्नै गाह्रो भाछ मलाई।

तिमी गयौं,परदेशीयौं,घरबार एक्लै सम्हाल्दैछु

अति कठिन निर्णय छन् आट्नै गाह्रो भाछ मलाई।

गरिबीले सम्झौता नै निकै धेरै गर्नुपर्ने

मोहरसँगै आँसु यहाँ साट्नै गाह्रो भाछ मलाई।

तिमी आउँछौ सम्हाल्नेछौ साहुको ऋण,घरबारी

भोली दिउँला पर्सी दिउँला ढाट्नै गाह्रो भाछ मलाई।

मायाको यो डोरी हाम्रो भित्रभित्रै मौलाउँदैछ

एक्लै एक्लै लामो डोरी बाट्नै गाह्रो भाछ मलाई


-लक्की तारा
नौबिसे३, धादिङ

गजल

रुँदा रुँदै अचानक हाँस्न सिकेछु
टुटेको मन आफंैले टाँस्न सिकेछु

आफ्नै पिडा संघर्षमा बाँच्र्थे जीन्दगी
पराईका चोट किन साँच्न सिकेछु

आँसु हाँसो मिश्रीत अनौठो यात्रामा
रोदनको प्यासी नृत्य नाँच्न सिकेछु

खुसी खोज्दै धेरै पल्ट भौतारिंदै थें
दुःखको सागर भित्र बाँच्न सिकेछु ।

लक्की तारा
नौबिसे३, धादिङ