श्रोताका पत्र


-सुमी थापा
काठमाडौँ

संसार उस्तै ,सम्बन्ध उस्तै ठान्थे साथी उस्तै
जीवनका पाटा एउतै, लाग्दथ्यो जाती उस्तै आफ्नै रिदएको इश्वोरले पुजेकी थिए उसलाई
मेरो नै गल्ति होला, चढेको फूलपाती उस्तै
झिस्मिसेमा नै सुन्दरताको बयान गर्ने कोइली
एकलासे भई गीत सुनाई बाच्ने राति उस्तै
लक्ष्यलाइ एकातिर , अर्कोतिर बिश्वास गरी
संगै गोरेटो चड्ने अभिलासाको खाती उस्तै
सुबिधा र सुख खासै होइनन् जीवनको इच्छा
सधैभरी प्रित बोकी हिड्ने छैन छाती उस्तै


-कृष्ण कुमार श्रेष्ठ काल्स
भिमेश्वोर नगरपालिका ३ दोलखा, हाल योकोहामा जापान

यस गजल मेरी उनीलाई

जुनिभरको हाम्रोनाता तोडिनु हुन्न थियो
मायाको बाटो अन्तै मोडिनु हुन्न थियो

मरे पनि साथ दिन बढाएका हातहरु
थर्थआइ बिचैमा छोडिनु हुन्न थियो

फस्टाएथ्यो धानझैँ मायाको बालिहरु
लुकिछिपी अर्कैले गोडिनु हुन्न थियो

हजारगुना बढी माया गर्छु भनि झुठा
मायाका खोलहरु ओडिनु हुन्न थियो

म बिना जीउन सक्दिन भन्ने प्यारी
अर्कै कृष्ण संग माया जोडिनु हुन्न थियो


-संतोष न्यौपाने
बाडगंगा यक पिपरा कपिलवस्तु हाल बेल्जियम


पिउदिन भन्थ्यौ तिमि कसैगरि आज मात लाग्यो
तिमि जस्तो असल पुरुष लाई किन खालि हात लाग्यो
जितै जित को कुरा सुनाउथ्यौ सध तिमि
तर आज किन उल्टो हार हात लाग्यो
निद्रोष पना देखाउथ्यौ साथि सगिंसग सधै
दैब कति निण्ठुरी तिमिलाई किन बात लाग्यो
जिन्दगि सुखै सुखमा बिताउछुभन्थ्यौ तिमी
तर साथि उल्टै किन तिमिलाई घात लाग्यो
अरुलाई मान्छे जस्तो नदेखेर हो कि किन
तिम्रो पुरुषार्थमा उल्टै लात लाग्यो



वाणगंगा १ पिपरा, कपिलवस्तु
हाल बेल्जियम


कपिल वस्तु हुनुहुने हजुरबुवा हजुरामा काकी बहिनि ममा मएजु लाई मेरो नमस्कार मा यहा संच्यी छु हाम्रो कुनई चिन्ता नलिनु भन्न चहान्छु


-प्रकाश कंडेल (सर्वत्र)
Digam-2, Gulmi

पुरानो कार्यक्रम डाउन-लोड भएको छैन, तेशैले पुराना कार्यक्रम सुन्न गाह्रो भएको छ
====================================================
प्रकाश जी,
पुरानो कार्यक्रम डाउनलोड गर्न या सुन्न को लागि » अभिलेखालय मा जानुहोस अनि आफुले सुन्न चाहेको कार्यक्रम को वर्ष र महिना छनौट गरेर सुन्न चाहेको कार्यक्रम को कार्यक्रम सुन्नुहोस बटनमा क्लिक गर्नुहोस त्यसपछि कार्यक्रम बझ्न थाल्दछ । कार्यक्रम बझिरहेको प्लेयर मुनि "यहाँबाट डाउनलोड गर्नुहोस्" लिंक क्लिक गरेर डाउनलोड गर्न सक्नु हुन्छ । जिज्ञासाको लागि धेरै धन्यवाद ।

शिव खनाल
वेबमास्टर
बुलबुलअनलाइन डट कम


-gopal khadka
u a e burdubai

भुलेकै छु अतित लाई किन याद अरहेछ छुटेकै छ हाम्रो सम्बन्ध किन माया लागिरहन्छ रितिएकै छ आशु किन छल्कि पोखिन खोजिरहेछ रोकिएकै छ बर्षा किन परेलि भिझिरहेछ एक्लै छु एकान्तमा किन कोहि अइ सताईरहेछ हाँसेकै छन दुनियाँ किन यो मन रोइरहेको छ !