श्रोताका पत्र


-शम्भु सापकोटा
लखनपुर झापा, हालः काभ्रे

मनको भारि बिसाउँ कहाँ कतै कुनै ओट छैन
राख्ने थियौ नुन चुक मेरो कुनै चोट छैन ।

चिसो बतास, चिसो भुवन त्यो बाक्लो तुषारोमा
नाङ्गो तनमा लगाउने झुत्रो कुनै कोट छैन ।

भन्ने गर्थौ हाम्रो माया गाढा छ फैलिएको
तिम्ले दिया मायाको पनि कुनै खोट छैन ।

देखाइदिन्थे अरु सामु मायाका ति प्रमाणहरू
कागजमा रंग्याइएका तिम्रो कुनै लेखौट छैन ।

छोड्नै थियो भने किन लायौ झुटो माया
गरिबीले च्यापेको छ तिम्ले माग्या नोट छैन ।


-प्रकाश कंडेल (सर्वत्र)
दिगाम-२, श्रींगा, गुल्मी

फेरी आज हाम्रो, देश दु:खी रहेछ
मौका पायें भन्दै, दुष्ट फुरी रहेछ!!

पराईको के कुरा, आफ्ना भेस धारीले
यहाँ आफ्नै को, अस्मिता लुटी रहेछ!!

भो छाड़ अब, मन को के कुरा भो
तेशै-तेशै आफ्नो, शिर झुकी रहेछ!!!

अचम्मभो फेरी, मोहमा डुबेर हो की
अशांति यो झांगिने, मौका कुरी रहेछ!!!


-प्रकाश कंडेल (सर्वत्र)
दिगाम-२, श्रींगा गुल्मी

वेबसाइड खुल्न साह्रै ढिलो ६ ! बेला-बेला मा ब्यानर न देखाएर तेतिकै रहन्छ! कृपया यो समस्या को समाधान खोज्नु होला !
====================================================
प्रकाश जी,
तपाईको सुझाबकोलागि धेरै धेरै धन्यवाद, म समस्या पत्ता लगाएर छिटो भन्दा छिटो समाधान गर्ने प्रयाश गर्ने छु ।

शिव खनाल
वेबमास्टर
बुलबुलअनलाइन डट कम


-pawan magar
नेपालगन्ज, हाल समुद्रपारी पर्देशमा

आकाशमा कावा खेल्दै हिड्ने ईरानी चरा बुलबुल तिमीलाई चुपचाप पछ्याई रहेको थिए, अनि तिमीले नाम दियौ 'मौन बुल्बुलियन", सहर्ष स्वीकार्दै तिम्रो विचरणसंगै उडिरहेको थिए . गत अंकमा अनायासै तिमीले मलाई छोएपछि लाग्यो मलाई बोलि मिल्यो, अनि यी शब्द लेख्दैछु .
बुलबुल नेपालगंज जस्ले थुप्रै गजलका मालीहरुलाई जन्म दिएको छ, शायद तिनै मालिहरुका असरका कारण गजलको बामे सर्ने कोशीसमा छु। तिमीले दिएको हौसलाले खुशी छु । त्यस्तै,
बुलबुल, तिम्रो माध्यमबाट परदेशमा बसेर पनि कैयौ बुल्बुलियनहरुलाई सुन्न पाउनु हाम्रो सौभाग्य बनेको छ ।

बुलबुल तिमी विचरण गर्ने बेला गजलका अग्रज मालिहरुका गजल पनि वाचन गरे ति श्रद्धय अग्रजहरु प्रती शब्द सुमन अर्पण हुनेथियो । यस्तै नेपालगन्जका गजलकार प्रेमप्रकाश मल्ल 'मधुकर्'का गजल सुन्ने ईच्छा छ, सुनाउन सक्छौ कि ?

अन्तमा बुलबुल, तिमीलाई हावामा कावा खेल्न सुसार गर्ने कार्यक्रम प्रस्तोता दाजु अच्युत घिमिरे र सहयोगी दिनेश निरौलालाई हार्दिक आभार ।
तिम्रो हौसलामा एउटा अर्को गजल कोरेर पठाएको छु । आशा छ सुनाईदिनेछौ ......

जलिरहेको मन नरुझाउंदै बस्यो झरी !
हृदय भरिएको बांध नफुटाउदै बस्यो झरी !!

मरुभुमी बनेर अतित एकान्त झस्काउछ !
बन्जर दिलको प्यास नबुझाउंदै बस्यो झरी !!

लुकामारी खेल्दै जून औंशी खन्याईगयो !
मदहोश बतासिने वैंश नउदाउंदै बस्यो झरी !!

क्षितिजसरी चोखो माया भाकेर बन्धकी !
अजम्बरी प्रितको नासो नफुकाउंदै बस्यो झरी !!


-पवन मगर
नेपालगंज

जिउनी र मर्नेको नशालु दोसांधमा बांचेर हाँस्दैछ जिन्दगानी !
एकछिनको नशामा बेअर्थी बाझाबाझ देखेर हाँस्दैछ जिन्दगानी !!

नपिईकन लागेको नशा बुझ्दैनन् पिएर नशामा डुबुल्किनेहरु !
एक-दुई पलको नशामा भुल्न ईज्जत बेचेर हाँस्दैछ जिन्दगानी !!

तिमीभित्र छ नशाको सागर धड्कनको प्याली खन्याएर पिउ !
आँफैबाट लुक्न भौतारिने सिमलको भुवा देखेर हाँस्दैछ जिन्दगानी !!

आउ बस छेवैमा प्रितको नशा मिसाउ हृदयको सागरमा !
समय छैन जिन्दगिलाई मृत्‍युको बहाना खोजेर हाँस्दैछ जिन्दगानी !!