श्रोताका पत्र


-रमा शर्मा
नारायणपुर १ दाङ्, हाल काठमाडौँ

विश्वाशको घात नगर ममाथि
बिषको यो प्याला नभर ममाथि

पुग्ने ठाउँ एउटै तर बाटो छोड्यौ
अब भो नलगाउ नजर ममाथि

भगवानलाई पुजेथे कठोर ढुंगा रैछ
सयपत्री सुनाखरी भो नछर ममाथि

हिजोसम्म रहर खुसि चाहना थे एउटै
जिउदै मरे कस्तो दियौ जहर ममाथि

हृदयको पत्र खोल जहा तिमी छौ
कस्तो गर्यौ आज ठहर ममाथि


-शम्भु सापकोटा
क्षत्रेबाझ - १, दाप्चा काभ्रे

नजिक आई मेरो सामु बसेर हेर
अंगालोमा मलाई नै कसेर हेर

किन लुक्छौ ज्यादा तिमी समाजदेखि
मैले दिया रातो टीका घसेर हेर

धेरै माया संगालेर राखेको छु
मुटुभित्र तिमी आफै पसेर हेर

बाचा छ तिम्रोलागि ज्यान दिन सक्छु
सक्छौ भने छुरी धसेर हेर


-Janni Bajracharya
swoyambhu

I like ur website very much also idea behind the site is incredibly commendable.Hats off to the team of bulbulonline.com. Moreover, the gazals u play in this program are extremely soothing.

Furthermore, I want to ask for a gazal by jagjit Singh--Hotho Se Chulo Tum...I request you to please play this song in ur upcoming program.

Thank you


-पवन मगर
नेपालगंज

बिसन्चो छौ कि तिमी रिसाएकी हौ !
सम्झना आउँदैन कि मेरो,माया बिसाएकी हौ !!

फर्फराउछन आँखा कुनै बिप्पत्ती पर्‍योकी !
सपनीभर पैह्रो जान्छ, किन हृदय चिस्याएकी हौ !!

गुलाफ फुल्ने तिम्रा अधर प्रसस्त छन तिर्खाउन!
बेजोड छन सुगन्ध तिनी कुन मधुमास मिसाएकी हौ !!

दोष छैन प्रितको निष्ठुरी भइछौ थाहै भएन !
कुन महल सिङार्न सुन्दर संसार बिगारेकी हौ !!

जनम जनम साथ बाँच्ने रहर मेरो अझ उस्तै !
ओर्लिएर आँखाबाट कुन सपना रित्याएकी हौ !!


-रमेश bista
खोप्लांग ८ Gorkha

अच्युत दाई सारै खुसि लाग्यो वेब साइत बनेकोमा