श्रोताका पत्र


-रबिन काफ्ले
धनकुटा

दाई हजुर को कार्यकम मलाई एकदम मन पर्क्ष tara kaile kai sunna vaidaina ra net ma sunuinxa dai net ma ni poila prasaran bhai sakeka progrm haru ko rake ramro hunto ani aauta list bhanayera auta progrm ko sunna milne link rake ramro hunto ki...


-जीतु खड्का गाँउले
मोरङ उर्लाबारी हाल साउदी अरब

गजल

ओभानो त कँहा थियो आँशु थियो गह भरी
मुटु दुख्थ्यो रातै भरी पीडा हुन्थ्यो बह भरी||

आँशु पिई प्यास मेट्न सक्दिन म कसै गरी
नुनिलो नै बग्छ आँशु परेलीको तह भरी||

मै चडेको डुंगा डुब्यो बियोगको भुमरीले
प्रतिक्षामा डुब्दै बसेँ एक्लै परेँ रह भरी||

पिउँ कि म ओकलौ त्यो मायाँलुले पिलाएको
अमृत हो भन्दै दिए जहर थ्यो मह भरी||

हेर्दा हेर्दै डुब्यो डुंगा डुंगा सँगै डुब्यो 'गाँउले'
हात दिने कोही थे'न आफ्नै थिए दह भरी||

जीतु खड्का गाँउले
मोरङ उर्लाबारी


-prem pandey
भलवाड ८ कपिलवस्तु नेपाल

आज मेरो देश दुखेको देख्दै छु
र कतै दुस्मन लुकेको देख्दै छु,

देशभक्ती मेटिएको चिन्तामा,
मेरो सगरमाथा झुकेको देख्दै छु,

घरको कलह बड्दैछ दिनदिदै
छिमेकी को छाती फुकेको देख्दै छु,

मेची र काली भारतमा बग्दैछन्,
देश को उर्वरा सुकेको देख्दै छु,

तँ र मँ भनउदा कुर्चिप्रेमी हरु,
अब चैं आशा चुकेको देख्दै छु,

देश र मुसो मा फरक देख्दिन
ढोकामा बिरालो ढुकेको देख्दै छु

प्रेम पान्डे
भलवाड ८ कपिलवस्तु
हाल्: कान्तिपुर नगरी


-आदर्श ढुंगाना
बनेपा १ , कव्रे

उनिलेनै बिर्सेपछि मैले के पो गर्नु हजुर
रित्तिएको उनको दिलमा कति मात्रै चर्नु हजुर

के पो भयो भन्दै थिंए , चर्कीएछ उनको मन
चुहिरहने उनको दिलमा माया कति भर्नु हजुर

कुरै छोडौं उनि प्रति कति मरें मरें होला
मर्दा मर्दै मरिसकें अझै कति मर्नु हजुर

ठेल्दै पेल्दै पुर्याईसकिन उनले पाताल भुमिसम्म
अझै त्यो क्रम जारीनै छ अब कहाँ पो झर्नु हजुर

लाचार र बिवस तुल्ये भैसकेछु मै पनि
केहि गर्न मिल्ने भए लौन केहि गर्नु हजुर

- आदर्श ढुंगाना
बनेपा १ kavre , (K . U ) ( E .S 2nd year )



-रामु गैरे
अर्घाखाँची हाल दुबई बाट

नमस्कार यस सम्पूर्ण बुलबुल एउटा ईरानी चरा टिम समुहलाई म रामु गैरेको
मैले जानी नजानी भए पनि एउटा कबिता हजुरहरु समक्ष्य राख्न चाहन्छु एदी मेरो कबिता समाबेश गर्न योग्य भएमा कृपया समाबेश गरी दिनु होला धन्यवाद.....


रामु गैरे
चिउरामाटी अर्घाखाँची
हाल दुबइ

ति मेरा यादहरु .....

सुनसान रात छ
गाडीहरुको हुइँयको आवाज
मात्रै आउँछ
निन्द्रा पटक्कै लाग्दैन
कोल्टे फेर्छु

१२ बज्छ

मनभरि कुरा खेल्न थाल्छन्
मेरो वरिपरिका साथीहरु
मस्त निन्द्रामा
सुतिरहेका छन्
चरीहरु पनि मस्त निन्द्रामा छन्
मनभरि घरको याद्ले
छट्पटाइरहेको छ
फेरि कोल्टे फेर्छु

१ बज्छ

त्यो माली गाई अनि त्यो
गाउँ-घर, ती साथीहरु
अनि त्यो मायाको
मुसुक्कको हाँसो लजालु
बानी त्यसैमा त्यो गाजलु
आँखा अनि
हाँसेर अँगालोमा राखेर
अनि मेरो त्यो जिस्कने बानी
मेरो मस्तिष्कमा तड्पाइरहन्छ
मेरो छोरा छोरीको याद
फेरि कोल्टे फेर्छु

२ बज्छ
अनि पागल सरि
आफैँमा हाँसो लाग्छ
जिन्दगीले किन यस्तो
मोड लियो कता कता
निन्द्रामा आउला जस्तो हुन्छ
फेरि कोल्टे फेर्छु

३ बज्छ

निन्द्रामा पर्ने बित्तिकै
मोबाइलमा सेट गरेको आलारामले
टिउ टिउ टिउ को बिउँझने संकेत गर्छ
किनभने मलाई
नोकरीमा जानुछ ।*******
धन्यवाद