श्रोताका पत्र


-Yubaraj Thapa
Ka.Na. Pa. 9 Sindhuli, Dhungrebas

Muktak
मेरो मायामा जिउदिन भन्छे
अमृत दिदानी पिउदिन भन्छे
आसुनै दिन्छे मलाई हरपल
दुखेको मेरो मन सिउदिन भन्छे
युबराज थापा सिन्धुली ९८४९७३१६०३


-shova khar पौडेल
मोतिपुर -७ मधुवन कपिलवस्तु

गरिबलाई पशु ठान्नु तिम्रो विचार ठिकै रैछ
रुप हेरी विहे गर्नु तिर्मो विचार ठिकै रैछ ।।

नबोलेरै बस्ने तिम्रो बानी ठिकै रैछ
नसोचेरै बोल्ने तिम्रो बानी ठिकै रैछ।।

पाँच सात सँगैसँगै भेट्भाको ठिकै रैछ
अब कहिल्लै नभेट्ने बाँचा गर्नु पनि ठिकै रैछ।।

तिमिसँग मेरो मिलन नभाको नि ठिकै रैछ
तिमिसँग मेरो जोडी नमिलेको नि ठिकै रैछ ।।
तिम्रो मेरो जोडी नजुरेको नि ठिकै रैछ ।।

यस(S) छोडी बि (B) रोज्नु मेरो लागि ठिकै रैछ
तिमलाई छोडी परिवार रोज्नु पनि ठिकै रैछ ।।




-शोवखर पौडेल
मोतिपुर-७मधुवन कपिलवस्तु नेपाल

गरिबलाई पशु ठान्नु तिम्रो विचार ठिकै रैछ
रुप हेरी विहे गर्नु तिर्मो विचार ठिकै रैछ ।।

नबोलेरै बस्ने तिम्रो बानी ठिकै रैछ
नसोचेरै बोल्ने तिम्रो बानी ठिकै रैछ।।

पाँच सात सँगैसँगै भेट्भाको ठिकै रैछ
अब कहिल्लै नभेट्ने बाँचा गर्नु पनि ठिकै रैछ।।

तिमिसँग मेरो मिलन नभाको नि ठिकै रैछ
तिमिसँग मेरो जोडी नमिलेको नि ठिकै रैछ ।।
तिम्रो मेरो जोडी नजुरेको नि ठिकै रैछ ।।

यस(S) छोडी बि (B) रोज्नु मेरो लागि ठिकै रैछ
तिमलाई छोडी परिवार रोज्नु पनि ठिकै रैछ ।।




-बिक्रम चिमरिया
बिर्तामोड नयाँ बस- पार्क,झापा

गजल

सपना कतिपय पुरा हूदैनन्।

कहिल्यै यि बिजय पुरा हुदैनन्।।


संगीत एउटा ब्रह्मान्ड हो भन्छन्।

गीतहरुमा लय पुरा हुदैनन्।।


आकस्मिक घटना घट्छ कहिले त।

मनैले गर्या तय पुरा हूदैनन्।।


काँतरलाई आकाश जती छ डर।

निडरलाई भय पुरा हूदैनन्।।


त्यो कालको अगी जति रोउ कराउ।

अनुनय बिनय पुरा हुँदैनन।।


न कुबेरको भा'थ्यो न गेट्सको हुन्छ।

यि सम्पत्ति संचय पुरा हुँदैनन।।


रहस्यको भावना उनैले नबुझे।

गजलका आशय पुरा हूदैनन्।।


-किशोर लम्साल
३३३ पूर्व ३० स्ट्रीट १००१६ न्यु योर्क

आमाले दिएको खाए झैँ हुन्न विदेश !
वावाले दिएर लाए झैँ हुन्न विदेश !!

दु:ख को कमाई छ, पसीनामा डुबी !
आफ्नो मनले चाहे झैँ हुन्न विदेश !!

डर त्रासले सताउछ परिश्रम गर्दा !
पाखामा गीत गाए झैँ हुन्न विदेश !!

रातदिन खट्नु पर्छ झुकाएर शिर !
डिस्को र रोधी धाए झैँ हुन्न विदेश !!

तड्पीएर बाँच्नु पर्छ बिछोड मा !
पस्केर खान पाए झैँ हुन्न विदेश !!

जिउनु पर्छ सम्झना मा आँशु संगै
मनको महल छाए झैँ हुन्न विदेश!!!!!
आमाले दिएको खाए झैँ हुन्न विदेश !
वावाले दिएर लाए झैँ हुन्न विदेश !!