श्रोताका पत्र


-मृत्य निर्मल
तोपगाछी -७ ,झापा नेपाल

लेख्छु भनेर अन्तिम कुरा अनि थन्काए कलम
तिमीले देखायौ नाङ्गो छुरा अनि थन्काए कलम

एक्लोएकान्तमा टोलाउदै थिए विग्र बैराग्याले
छन् छन् बजे तिम्रा चुरा अनि थन्काए कलम

हेर्दै खोल्दै गरेका ,खोल्दै हेरका रित्ता मेरा पत्रहरु
जति लेखेनी सबै अधुरा अनि थन्काए कलम

लाग्यो बर्सौ कोर्न तिम्रो तस्बिर ..मेटियो छिनमा
सायद भयो मेरो प्रेम पुरा अनि थन्काए कलम
मृत्य निर्मल


-आदर्श ढुंगाना
बनेपा १ kavre

दिलमा मात्रै चोट छ मेरो सरिरको रोगि होइन
साचो माया गर्छु तिमीलाई बासना को भोगी होइन

माया नमिल्ला कि भनि चोर्ने पनि प्रयास गर्छू
दिल चोर्ने चोर हूंला मागी हिड्ने जोगी होइन

रुस्ट नहोउ सक्छ्यम छैन तर कोसिस जारी नै छ
आफ्नै बलमा चाहन्छु काम कसैको पैताला ढोगी होइन

जे भनुन जस्तो भनुन डराउन्न पापी समाज देखि
प्रेम गर्छु तिमीलाई म कुनै ठुलो ठगि होइन

टल्पलाउञ्छ ढल्पलाउञ्छ मेरो जीवन तिमी बिना
गर्छू कसरत तिमीलाई पाउन योग गर्ने योगी होइन

-आदर्श ढुंगाना ( बनेपा १ kavre )
Kathmandu University
Environment Science (2nd year )



-बीनीता न्यौपाने
जलकन्या -५ चपौली,sindhuli

इशारा भरसटको (bharsta) म काहाली चाहान्छु
संबिधान को फेरी बाहाली चहान्छु
देशलाई आफ्नो पेवा ठान्ने हरुको
घर अनी महलहरु खाली चहान्छु
मरिसके जस्तो छ जीवित आत्माहरु
बीउझाई उनको ओठमा लाली चाहान्छु
सुन्शान बस्तीहरु मशानघाट हरुमा
नया जोस जागरको खुसियाली चहान्छु
एकलास यकान्त सुतीरहेछ बगर
बगरहरुमा बीरुवा को हरियाली चहान्छु
परदेशीयका सबै छोरा गाउ फरकायर
घरआगन चोक चोक मा दीपावली चहान्छु


-bal bahadur
badki3 jumla hal saudi aribia

बिदेस मा आफ्नी पिहारी को याद आउदा यसरि गजल लेख्न पुगेछू

 1             गजल

बर्षा यम कॊ झरि शंगै पाटन  मा गाई चर्दै होलिन
नांगै खुट्टा मेरी सानु खोला नाला तर्दै होलिन |

भिहानी कॊ शित मा हिडी निथुर्क भिजे पछि
निचोर्न लाई फाटो घुन्निउ ओभानो मा शर्दै होलिन |

छैनन् अरे शाथ दिने एक्लै बस्दा गोठमा उनि
बुबु धुदै बाच्छो संग आफ्नो मुस्कान चर्दै हिलिन |

जात्रा हेर्ने रहर हुदा घर आउने बहाना मा
मोही को ठेकी बोकी उनि ओरालो मा घरदै होलिन |

जुन दिन परदेश आय तेही दिन जन्मियकि
शानो छोरि बाबा भन्दै आज बमी  सर्दै होलिन ||


बिबिसी जुम्ली बड्की ३ जुम्ला
हाल के एस य


-bal bahadur
badki3 jumla hal saudi aribia

  4
जगल 
मेरो जन्म भुमि

सोचे भन्दा स्वर्ग जस्तो ठाउँ छ कर्नालीमा
स्याउको पनि कबड को झैँ भाउछ कर्नालीमा

स्याउ सिमिको कुरै छोड सुबिधा मा बस्न हरु
वहुमुल्ले यार्सागुम्बा पाउछ कर्नालीमा

सुबिधाले सब्य ठान्छौ सहरिया पतितहरु
तिम्रो भन्दा सुन्दर मेरो गाउछ कर्नालीमा

भात खान पर्यो भने तिहार कुर्न पर्छ भन्थौ
त्यहि सेतो चामल को बाउछ कर्नालीमा

विकासको पुर्व धार ले सुसम्पन्न भयो भने
सिङ्गै देश कोरल्ने माउछ कर्नालीमा !!!!!

बिबिसी जुम्ली बड्की ३ जुम्ला