श्रोताका पत्र


-बिक्रम चिमरिया
बिर्तामोड नयाँ बस- पार्क, झापा

गजल

बलेको आगो यहाँ कसले ताप्दैन र।
जाडोमा सिरक पाए कसले खाप्दैन र।

मान्छे देखेर बाघ पनि डराउँछ भन्छन्।
बाघका अगि चाहीँ कसको खुट्टा काप्दैन र।

ती स्वभावलम्बी दाइले नै भन्न थाले।
असर्फी पाए दुबै हात कसले थाप्दैन र।

त्यो साथी प्रेममा सप्रियो अर्को ब्यपारमा।
भए सबै अनुकुल के नै पो फाप्दैन र।

बाँच्न नदिइ ज्युउँदै जलाएर मारेपछि।
कुन सतीले यो देशलाई सराप्दैन र।


-भिम बहादुर फडेरा ( बि पी अपरिचित)
सर्किदेउ -१ रिप हुम्ला हाल कोहलपुर

बिन्ति भाव तिमि जान्दिनौ
प्यासलाई सराब तिमि जान्दिनौ
म १४ वर्ष देखि जंगल डुली रहे छु
रामलाई सीताको अभाब तिमि जान्दिनौ

बिचरा कलिलो मुनाले कति सम्म धनोस
हावा संगै हुरीको दबाब तिमि जान्दिनौ

भोकमा आहार देखाय को पिछा गर्दैन र
आहार भित्रको खराब तिमि जान्दिनौ

फुल हेर्छउ फुलको पत्ता हेर्छौउ
तर फुल भित्रको पराग तिमि जान्दिनौ

- भिम बहादुर फडेरा (बि पी अपरिचित )
सर्किदेउ-१ रिप हुम्ला हाल कोहलपुर बाँके


-bhim bahadur phadera (Bp Aparichit)
रिप-१ सर्किदेउ हुम्ला हाल kohalpur banke

तिमि मस्ती खोग्दै छौ
जुनतारा जबर्जस्ति खोज्दै छौ
मेरै सिकार मलाई गिजौदै छन् आजभोली
तेही सेरको रातमा गस्ती खोग्दै छौ

मा आजकै पीडाले मर्माहित छु
तिमि अझ हिजो ra asti खोज्दै छौ

मा बच्न खोले सीसनु khadai छु
kina गरिबको घरमा sekuwa sangai raksi खोज्दै

paribartan bhandai gau aago timile nai lagyau रे
bhanchhau bistar garna तेही basti खोग्दै छौ



-jeetu.khadka

गजल

यती टाढा किन आउथे चिसो चुलो जलेको भा
चौकिदारी गर्दिन थे खान पुग्ने फलेको भा ||

बाँचुन्जेल खानु न हो मर्दा लानु के नै थ्यो र
आँटो पिठो सबै खान्थे खान्थे ढुङ्गो गलेको भा||

जसो तसो बामे सर्छु साहित्यको मझेरिमा
तिम्रो जस्तै गजल बेच्थे मेरो पनि चलेको भा||

कसरी पो बुझ्छौ तिमी स्वाभीमान भन्ने कुरा
थाहा हुन्थ्यो तिमीलाई तिम्रो शिर ढलेको भा||

मसाल बोकी आए कोही जातित्वको नारा फुक्दै
पक्कै हात सेक्थे होला मेरो झुप्रो बलेको भा||

जीतु खड्का गाँउले
मोरङ उर्लाबारी
हाल साउदी अरब


-बिक्रम चिमरिया (D.B. 'Rahasya')
बिर्तामोड नयाँ बस- पार्क,झापा

गजल

बलेको आगो यहाँ कसले ताप्दैन र।
जाडोमा सिरक पाए कसले खाप्दैन र।

मान्छे देखेर बाघ पनि डराउँछ भन्छन्।
बाघका अगि चाहीँ कसको खुट्टा काप्दैन र।

ती स्वभावलम्बी दाइले नै भन्न थाले।
असर्फी पाए दुबै हात कसले थाप्दैन र।

त्यो साथी प्रेममा सप्रियो अर्को ब्यपारमा।
भए सबै अनुकुल के नै पो फाप्दैन र।

बाँच्न नदिइ ज्युउँदै जलाएर मारेपछि।
कुन सतीले यो देशलाई सराप्दैन र।