श्रोताका पत्र


-पारस pokherel
गोंगबु

छचल्क्यो जवानी उबायो कसैले
कसी प्रेम पाशमा डुबायो कसैले

अति प्रीतले मन्द मुस्कान छर्दै
सुधा जल खन्याई नुवायो कसैले

हुँदा अर्ध चेतमा पियाएर प्याला
समाएर तान्दै खुवायो कसैले

कुहू कोयली झैँ मधुर कण्ठ खोली
सुरिला गीतैमा रुवायो कसैले

छुटी स्नेह सामिप्यले मन दुखायो
छताछुल्ल आँसु चुहायो कसैले


-सुमन पछि
नया बानेश्वोर, काठमाडौँ

बुलबुलको नियमित श्रोता हुन पाएको छैन म तर कहिलेकाहिँ सुन्ने गर्छु र कहिलेकाहीँ अनलाइनमा पनि सुन्ने गर्छु । गजलका बारेमा म केही जान्दिनँ, लेख्ने प्रयास गर्छु गजल बाहृक अरु लेख्न सक्दिनँ । नसुनूँ भने पनि सुन्न थालेपछि यसबाट उम्कन मन लाग्देन । अच्युतजीको वाचन शैलीको कारण र्न गजल नबुझे पनि नजानेपनि लेख्न नसके पनि बुलबुलियन भैसकेको छु । बुलबुलको अझ सफलताको लागि धेरै धेरै शुभकामना । गजल फुराउन जान्ने बित्तिकै बुलबुललाई उपहार दिन म हिच्काउने भने छैन । आशा गरर्छु त्यो दिनको जुन दिन मेरो गजल यस बुलबुलमा अच्युत घिमिरेले बाचन गनुृहुनेछ ।


-Bikram Chimariya (D.B. 'Rahasya')
Birtamode naya-bus-park jhapa

गजल


म पिउँदा चरम सुख पाउँछु तिमी नपिउँदा आनन्द भन्छ्यौ

म पाउँछु यसमा मनोहर बास्ना तिमी यसलाई दुर्गन्ध भन्छ्यौ



घरमै पिउनुस् भन्छौ तिमी सुन न भट्टीमा बेग्लै मजा छ नि

ख्याल ठट्टा पो गरेको त साथी भाईसँगतिमी त्यसै द्धन्द भन्छ्यौ


म पिएपछी मात्र गाउँन सक्छु पिउन देउ मलाई जिउन देउ

अरुले त भन्छन् नारायण गोपाल तर तिमी नासिने छन्द भन्छ्यौ


बुझेकी छौ तिमीले यो मेरो पुरानो आदत मेटिदैन हत्तपत्त

म पेटभरी पिउन चाहन्छु अझै तिमी सम्झाउँदै मन्द भन्छ्यौ



मैले हदै गरेँ क्यार माइती र समाज सारा डाकेर ल्यायौ

भलादमी भन्छन् नबिग्रनुस् तिमी पिउन अब बन्द भन्छ्यौ


-रुपेश बस्नेत
हेलसिन्की, फिनल्याण्ड

नेपालमा रहेका तमाम प्रतिनिधि भाईहरुको लागि अनि बुलबुलको लागि मेरो पहिले गजल

*****************************************

सकिदैन घर बिर्सी हास्न युरोपमा
अझ गाह्रो हुन्छ भाई बाच्न यूरोपमा

रात बिहान वास्ता छैन खाली कामै गर्दा पनि
सकिदैन दुई पैसा भाई साच्न यूरोपमा

बिसन्चो नै भएपनि पाउँदिन काममा बिदा
महँगो यो शरीर भाई जाच्न युरोपमा

उतै बस्नु आम संगै खोले सिस्नु खाई
नआइजो भाई जवान हड्डी भाच्न यूरोपमा

गाउँ घर सम्झिएर एक्लै एक्लै भक्कानिन्छु
कोहि छैन भाई मनको बह साट्न यूरोपमा

दशैं आउछ तिहार आउछ मन तेसै रुन्छ
छैन फुर्सद सबै मिलि नाच्न यूरोपमा




-राम भक्त तामांग (नसालु)
बेल्कोट-८, अमारे, नुवाकोट

आज बल्ला थाहा पाए किन मुटु दुख्या रैछा,
तिम्ले पठा पत्र भित्र मेरो मृत्यु लुक्या रैछा.

अरुको नै हुदै छौ रे निम्तो दियेउ पत्र,
प्रेमको बदला चोट दियेउ पारेउ अलपत्र,
जल्न मात्र बाकी अब आगो पहिलै फुक्या रैछा,
तिम्ले पठा पत्र भित्र मेरो मृत्यु लुक्या रैछा.

बन्दनामा पर्या छौ रे भंछेउ माफ गर,
तिम्ले भुल्न सक्छेउ होलि सक्दिन मा तर,
कस्तो कर्म रैछा मेरो सबै तिर चुक्या रैछा,
तिम्ले पठा पत्र भित्र मेरो मृत्यु लुक्या रैछा.

अमर थियो हाम्रो माया अमरनै पर्छु मत,
जित कहिलै देख्न पाइना जताततै हार्छु मत,
देउरालीको त्यो जोडी रुखमा एउटा रुख चै सुक्य रैछा,
तिम्ले पठा पत्र भित्र मेरो मृत्यु लुक्या रैछा.

एती नै मेरो जीवन समय धेरै झुक्या रैछा,
तिम्ले पठा पत्र भित्र मेरो मृत्यु लुक्या रैछा.
तिम्ले पठा पत्र भित्र मेरो मृत्यु लुक्या रैछा.
तिम्ले पठा पत्र भित्र मेरो मृत्यु लुक्या रैछा.